Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

देवघाट–१ का भूमिहीनलाई बुधबार लालपूर्जा वितरण

देवघाट–१ का भूमिहीनलाई बुधबार लालपूर्जा वितरण
A A+ A-

काठमाडौं। तनहुँको देवघाट गाउँपालिका: १ का भूमिहीन दलित तथा सुकुम्वासीले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा प्राप्त गर्ने भएका छन्।

जिल्ला भूमि समस्या समाधान समिति तनहुँले आवश्यक प्रक्रिया पूरा गरेका लाभग्राहीलाई बुधबार लालपूर्जा वितरण गर्न लागेको हो।

जिल्ला भूमि समस्या समाधान समिति तनहुँका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका नागरिकलाई कानुनी स्वामित्व दिलाउने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइएको बताए।

समितिका सदस्यसचिव तथा नापी कार्यालय तनहुँका प्रमुख विशाल थापाका अनुसार सूचीकृत लाभग्राहीको जग्गा दर्ता गरी प्रमाणपत्र प्रदान गर्न लागिएको हो। जग्गा दर्ता प्रक्रियाका लागि लाभग्राहीलाई परिवारमूली र निजको पति वा पत्नी स्वयं उपस्थित हुन सूचित गरिएको छ।

लालपूर्जा पाउने खबरले लाभग्राहीहरू खुसी भएका छन्। लाभग्राही सुनिता दर्जीले वर्षौँदेखिको आफ्नो नाममा जग्गाको कागज हुने सपना पूरा हुन लागेको बताए। अर्की लाभग्राही होममाया परियारले पनि जग्गाको कानुनी प्रमाण हातमा पर्ने भएपछि ठूलो राहत मिलेको प्रतिक्रिया दिनुभयो।

समितिका अनुसार देवघाट-१ बाट मिनुमाया गुरुङ, सुशिला गुरुङ, छविलाल गुरुङ, बुद्धबहादुर परियार, सोमबहादुर दमै, सुनिता दर्जी, सुरज दमाई, एकबहादुर दर्जी र विष्णुबहादुर माझीसहित १० जना जग्गा दर्ताका लागि सूचीकृत भएका छन्।

जग्गा दर्ताका लागि परिवारमूली र निजको पति वा पत्नीको सक्कल नागरिकता, निवेदन दर्ता, नक्साको निस्सा र पासपोर्ट आकारको फोटो आवश्यक पर्ने समितिले जनाएको छ।

प्रचलित कार्यविधिअनुसार पहाडी क्षेत्रमा भूमिहीन दलित तथा सुकुम्वासीलाई हाल भोगचलन गर्दै आएको जग्गामध्ये बढीमा पाँच रोपनी १४ आनासम्म निःशुल्क उपलब्ध गराउन सकिने व्यवस्था छ। लालपूर्जा प्राप्त भएपछि जग्गामाथि उनीहरूको कानुनी स्वामित्व स्थापित हुनेछ।

2