Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

एआई विकासको गति सुस्त बनाउने प्रस्तावमा ट्रम्प र चीनको असहमति

एआई विकासको गति सुस्त बनाउने प्रस्तावमा ट्रम्प र चीनको असहमति
A A+ A-

काठमाडौं। एआईको तीव्र विकासले जोखिम निम्त्याउन सक्ने भन्दै यसको गति केही सुस्त बनाउनुपर्ने विषयमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरू सहमत देखिएका छन्।

एन्थ्रोपिकका सिइओ डारियो अमोदेईले एआईको विकासको गति सुस्त बनाउनुपर्ने र सुरक्षा परीक्षणका लागि पर्याप्त समय दिनुपर्ने प्रस्ताव शनिबार अघि सारेका थिए।

उनले स्वतन्त्र मूल्याङ्कनकर्तालाई एआई मोडेलमा स्थायी पहुँच दिएर सुरक्षा मापदण्ड जाँच गर्नुपर्ने बताएका छन्। अमोदेईको यो प्रस्तावलाई ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका एलन मस्कले समर्थन गरेका छन्।

अमोदेईले एआईको विकास अनियन्त्रित रूपमा अघि बढेमा आगामी ६ देखि १२ महिनाभित्र एआई एजेन्टहरूले इन्टरनेटको ठुलो हिस्सा नियन्त्रणमा लिन सक्ने चेतावनी दिएका छन्।

यद्यपि, उनले एआईलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्ने भनेका छैनन्। उनले चिकित्सालगायतका क्षेत्रमा एआईबाट फाइदा लिन सकिने भन्दै प्रविधिको विकास र सुरक्षा व्यवस्थाबिच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन्।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई विकास सुस्त बनाउनुपर्ने मागको कडा विरोध गरेका छन्। उनले एआई र डाटा सेन्टरविरुद्ध अस्वस्थ षड्यन्त्र भइरहेको आरोप लगाउँदै थप सरकारी नियन्त्रणले अमेरिकालाई प्रविधिको क्षेत्रमा चीनभन्दा पछि पार्न सक्ने बताएका छन्।

उपराष्ट्रपति जेडी भान्सले पनि एआई कम्पनीका प्रमुखहरूले सरकारसँग आफूहरूलाई नियमन गर्न आग्रह गर्नु अस्वाभाविक भएको बताएका छन्।

अमोदेईले चीनलाई एआई विकासमा अगाडि बढ्नबाट रोक्न अमेरिकाले उन्नत एआई चिप र चिप बनाउने उपकरणमा लगाएको प्रतिबन्ध कायम राख्नुपर्ने तर्क गरेका छन्।

उनले चीनले एआईमा नेतृत्व हासिल गरे विश्वका लागि गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। चीनले भने अमोदेईको यो धारणालाई अस्वीकार गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनलाई लिएर डर फैलाउने र टकराव बढाउने दृष्टिकोणले विश्वव्यापी एआई सहकार्यमा बाधा पुग्ने बताएका छन्।

एआईको विकास र नियमनबारेको यो बहसले अमेरिका र चीनबिचको प्रविधि प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ। आगामी सेप्टेम्बर २४ मा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच हुने भेटमा एआई सुशासनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

2