काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा नौ सय रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोलामा ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको थियो।
