Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

झापामा म्याद नाघेको पशुदाना बिक्री गर्ने पसललाई दुई लाख जरिवाना

झापामा म्याद नाघेको पशुदाना बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
A A+ A-

झापा। जिल्ला प्रशासन कार्यालय झापाले म्याद नाघेको पशुदाना बिक्री गरेको कसुरमा मेचीनगर नगरपालिका-९ स्थित दास किराना पसललाई रु दुई लाख जरिवाना गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार खाद्य प्रविधि कार्यालय भद्रपुरको अनुगमन प्रतिवेदनका आधारमा खाद्य सुरक्षा ऐनको दफा ३९ (ज) बमोजिम सो कारबाही गरिएको हो।

अनुगमन टोलीले भदौ २२ गते पसलबाट वीरगञ्जस्थित प्रो-बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित शक्ति ब्रान्डका १४ बोरा अर्थात् ४९० किलोग्राम म्याद नाघेको पशुदाना बरामद गरेको थियो।

उक्त दानाको उपभोग्य अवधि ६० दिन रहेको र सो अवधि समाप्त भइसकेको अनुसन्धानबाट खुलेको छ। भदौ १४ गते उक्त पसलबाट खरिद गरिएको दाना खाँदा स्थानीय जयप्रसाद आचार्यको गाई बिरामी भएको र उपचारमा रु चार हजार खर्च भएको गुनासोसमेत प्राप्त भएको थियो।

यसैबीच बुद्धशान्ति गाउँपालिका-३ स्थित शिवम् ट्रेड एण्ड सप्लायर्समा पनि प्रशासनले अनुगमन गरेको छ। बजार मूल्यभन्दा तेब्बर बढी मूल्यमा काँडेतार बिक्री गरेको उजुरी परेपछि आन्तरिक राजस्व कार्यालय भद्रपुर र जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको हो।

अनुगमनका क्रममा पसलका सञ्चालक नारायण कडरियालाई आर्थिक वर्ष २०८२-८३ को सम्पूर्ण बिल विजक र कागजातसहित तीन दिनभित्र राजस्व कार्यालयमा उपस्थित हुन लिखित निर्देशन दिइएको छ।

2