Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भैरहवामा ट्यांकरबाट तेल चोरी, तीन वटा ट्यांकर नियन्त्रणमा

भैरहवामा ट्यांकरबाट तेल चोरी, तीन वटा ट्यांकर नियन्त्रणमा
A A+ A-

भैरहवा। भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बाटोमै चोरी भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले मङ्गलबार बिहान करिब १० बजे भैरहवास्थित सराफ आयल सेन्टरमा छापा मारी तीन वटा ट्यांकर नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार लु.२ ख १५४४ र लु.१ ख ६५०४ नम्बरका ट्यांकर तेल निकालिरहेको अवस्थामा फेला परेका थिए भने लु.१ ख ६६१९ नम्बरको ट्यांकर फरार भएको थियो । पछि प्रहरीले पिछा गरी फरार ट्यांकर लाई पनि नियन्त्रणमा लिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्रीले ट्यांकरको सिल तोडेर तेल निकालिएको पाइएको बताए ।

प्रहरीले घटनामा संलग्न एक जना सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । नेपाल आयल निगम लुम्बिनी प्रदेश डिपो भलवारीका निमित्त प्रमुख सुरेन्द्र विष्टका अनुसार करिब ३० लिटर डिजेल निकालिसकेको अवस्थामा ट्यांकर फेला परेका थिए ।

विष्टले भने, “सिल तोडेर तेल निकाल्दै गरेको अवस्थामा प्रहरीले ट्याङ्कर र सहचालकलाई नियन्त्रणमा लिएको हो । यो घटनामा संलग्नमाथि कानुन अनुसार कारबाही हुन्छ ।”

ढुवानीका क्रममा सिल तोडेर तेल चोरी हुने गरेका घटनाले ढुवानी व्यवस्थापन र नापजाँच प्रणालीमाथि प्रश्न उठाएको छ । ट्यांकर व्यवसायी र पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा यस्ता गतिविधि हुने गरेको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको भूमिका र निकालिएको तेलको वास्तविक परिमाणबारे विस्तृत विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

2