udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भेडापालनका लागि स्थानीयलाई अनुदान

भेडापालनका लागि स्थानीयलाई अनुदान
A A+ A-

भोजपुर। हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ।

पछिल्लो समय भेडापालन पेसा लोप हुँदै गएपछि पालिकाले भेडा पालनका लागि स्थानीयलाई अनुदान दिएर प्रर्वद्धनमा जोड दिएको हो।

भेडापालन व्यवसायको संरक्षणको लागि गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। गाउँपालिकाले वडा नं ३ मा भेडापालन व्यवसायलाई प्रोत्साहन गर्न रु दुई लाख ७० हजार अनुदान उपलब्ध गराएको छ।

‘थुलुङ गाउँ कृषि तथा भेडापालन’ समूहलाई अनुदान सहयोग गरिएको हो। समूहको २५ प्रतिशत लागत साझेदारी रहेको छ।  स्थानीय भेडापालक कृषक राजेश थुलुङले हराउँदै गएको भेडापालन व्यवसायलाई निरन्तरता दिन गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताए।

“पालिकाको सहयोगले हामीलाई ठूलो ऊर्जा मिलेको छ”, उनले भने, “अहिले यहाँका १२ जना भेडापालक कृषक मिलेर समूह गठन गरी व्यवसायको संरक्षण र विस्तारमा जुटेका छौँ।”

कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार गत आर्थिक वर्षमा यो कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो। परीक्षण सफल भएपछि चालु आर्थिक वर्षमा बजेट बढाएर निरन्तरता दिइएको छ।

गत वर्षको नतिजा सकारात्मक आएकाले यो वर्ष भेडापालन प्रर्वद्धनका लागि रु तीन लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए। हतुवागढी–३ का वडाध्यक्ष राजकुमार राईले किसानको आयआर्जन वृद्धि गर्न भेडापालनका साथै अन्य पशुपालनलाई पनि सँगसँगै अघि बढाइएको जानकारी दिए।

उनका अनुसार वडाभित्र बाख्रापालन तथा बङ्गुरपालन व्यवसायमा लागेका किसानलाई आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्रका मौलिक तथा परम्परागत पेसाको जगेर्ना गर्दै किसानको जीवनस्तर सुधार्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।

उत्पादन र पशुपालनमा आधारित आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि प्रर्वद्धननात्मक कार्यक्रमलाई थप व्यवस्थित र क्षेत्र फराकिलो बनाउँदै लैजाने लक्ष्य रहेको अध्यक्ष राईले बताए।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action