Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार
A A+ A-

झापा। भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

कार्यालयले यस अवधिमा रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व असुली गरेको हो। यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो।

कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी, पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रुपमा भन्सार नाकाबाट हुने आयातमा वृद्धि भएकाले राजस्व असुलीमा सुधार आएको हो। विशेषगरी यस अवधिमा साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको मेहताले बताए।

भदौमा मात्र रु दुई करोड १० लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा कार्यालयले रु तीन करोड १६ लाख १५ हजार ४२२ सङ्कलन गरेको छ। यो लक्ष्यको १५० दशमलव ३८ प्रतिशत हो। यसअघि साउनमा रु एक करोड ५० लाख ३४ हजार ११८ राजस्व सङ्कलन भएको थियो।

चालु आवका लागि कार्यालयले रु २६ करोड २८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। दुई महिनाको अवधिमा भएको सङ्कलन वार्षिक लक्ष्यको १७ दशमलव ७५ प्रतिशत हो।

यस अवधिमा सङ्कलित कुल राजस्वमध्ये सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु दुई करोड २० लाख एक हजार १५६ रहेको छ।

यस्तै, भन्सार महसुल (आयात) बाट रु एक करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्कबाट रु ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्कबाट रु १३ लाख २२ हजार ३८९ सङ्कलन भएको कार्यालयले जनाएको छ।

गत आव २०८२/८३ मा भने कार्यालयले निर्धारित राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन। सो वर्ष रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ७४ दशमलव ३४ प्रतिशत अर्थात् रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्रै सङ्कलन भएको थियो।

2