Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कृष्णभिर सडकको दीर्घकालीन समाधान खोज्न कुलमानको आग्रह

कृष्णभिर सडकको दीर्घकालीन समाधान खोज्न कुलमानको आग्रह
A A+ A-

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धादिङको कृष्णभिरमा नयाँ ट्रयाक खोलेर पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आएपछि अब दीर्घकालीन समाधानका लागि काम थाल्न आग्रह गरेका छन्। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीमा असर परेको र त्यसले मूल्यवृद्धिमा चाप पारेको घिसिङले बताए। नयाँ ट्रयाक निर्माणले आपूर्ति व्यवस्था सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यस क्षेत्रको भूगर्भीय जोखिमलाई मध्यनजर गर्दै दिगो पूर्वाधार निर्माणमा जोड दिए।

घिसिङले विज्ञहरूबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित संरचना बनाउनुपर्ने र भविष्यमा आउन सक्ने जोखिमलाई ध्यानमा राखेर वैकल्पिक सडक सञ्जालको पहिचान र निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले सडक सञ्चालनका लागि खटिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, नौबिसे-मुग्लिङ सडक आयोजना, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, निर्माण व्यवसायी र प्राविधिकहरूको प्रयासको प्रशंसा गरे। प्रतिकूल मौसम र जोखिमपूर्ण भूगोलका बाबजुद फिल्डमै खटिएर काम गर्ने सबैको सक्रियताले नागरिकलाई राहत मिलेको उनले उल्लेख गरे।

यसैबीच, घिसिङले बट्टार-वेत्रावती-धुन्चे-स्याफ्रुबेँसी सडकखण्ड पनि यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

2