udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

यात्री पी२ को मूल्य सार्वजनिक: ३ लाख २९ हजार ९०० बाट सुरु

यात्री पी२ को मूल्य सार्वजनिक: ३ लाख २९ हजार ९०० बाट सुरु
A A+ A-

काठमाडौं। सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको विद्युतीय स्कुटर ‘यात्री पी२’ को मूल्य सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस स्कुटरको सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ।

यो स्कुटर तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार ३.० किलोवाट-घण्टा ब्याट्रीले ९० किलोमिटर, ३.७ किलोवाट-घण्टा ब्याट्रीले ११२ किलोमिटर र ५.२ किलोवाट-घण्टा ब्याट्रीले १५७ किलोमिटरसम्मको रेन्ज दिनेछ। थप ५० किलोमिटर रेन्जका लागि एक्स्टेन्डर प्याकको सुविधा पनि उपलब्ध छ। स्कुटरमा मिड-ड्राइभ मोटर जडान गरिएको छ, जसले पाङ्ग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने दाबी गरिएको छ।

सुरक्षा र सञ्चालनका लागि यसमा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन, १४ इन्चका पाङ्ग्रा, डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम समावेश गरिएको छ। यसमा हिल होल्ड, क्रुज कन्ट्रोल, मल्टिपल राइडिङ मोड र रिजेनेरेटिभ ब्रेकिङ जस्ता आधुनिक सुविधाहरू छन्। स्कुटरको ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ।

यात्री पी२ मा ७ इन्चको टीएफटी डिस्प्ले, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, लाइभ भेहिकल ट्र्याकिङ र प्रोक्सिमिटी डिटेक्सन प्रविधि जडान गरिएको छ। ब्याट्रीको कन्फिगरेसनअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा र डीसी फास्ट चार्जरबाट करिब ४१ मिनेटमा स्कुटर चार्ज गर्न सकिन्छ।

काठमाडौंको टेकुमा रहेको सिप्रदी यात्रीको एक्सपेरियन्स सेन्टर अक्टुबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउनेछ। ३.७ र ५.२ किलोवाट-घण्टा भेरियन्टको डेलिभरी अक्टुबरको मध्यदेखि नोभेम्बरसम्म र अन्य भेरियन्टको डेलिभरी डिसेम्बरदेखि सुरु हुने कम्पनीले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action