Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

धनकुटामा बाँसका सामग्रीबाट उद्यमीको राम्रो आम्दानी

धनकुटामा बाँसका सामग्रीबाट उद्यमीको राम्रो आम्दानी
A A+ A-

धनकुटा। धनकुटाका स्थानीय उद्यमीहरूले खेर जाने बाँसबाट कलात्मक सामग्री निर्माण गरी राम्रो आम्दानी गरिरहेका छन्। बाँसको भाटा र चोया प्रयोग गरेर डोका, डाला, चाल्नी र ढाकीजस्ता दैनिक जीवनमा प्रयोग हुने करिब ४० प्रकारका सामग्रीहरू यहाँ उत्पादन हुने गरेका छन्।

धनकुटा नगरपालिका-७ बसपार्कमा बिक्री केन्द्र सञ्चालन गर्दै आएका निलकुमार राईले विगत १० वर्षदेखि यो व्यवसाय गर्दै आएको छ।

उनका अनुसार एउटा बाँसबाट विभिन्न कलात्मक सामग्री तयार गर्दा १५ सयदेखि ३ हजार रुपियाँसम्म आम्दानी गर्न सकिन्छ। राईको बिक्री केन्द्रको आसपासमा अन्य तीनवटा यस्तै पसलहरू पनि सञ्चालनमा छन्।

घरेलु तथा साना उद्योग विकास कार्यालय धनकुटाका अनुसार जिल्लामा दर्ता भएका दुई दर्जनभन्दा बढी उद्योगहरूले बाँसका सामग्री उत्पादन गरिरहेका छन्। दर्ता नभएका थुप्रै घरेलु उद्योगहरू पनि सञ्चालनमा छन् र यस क्षेत्रमा ६ सयभन्दा बढीले रोजगारी पाएका छन्। विशेषगरी सहिदभूमि गाउँपालिकाको आखिसल्ला, धनकुटा नगरपालिका, पाख्रीबास र महालक्ष्मी नगरपालिकामा यस्ता उद्योगहरूको संख्या बढी छ।

कार्यालयका सूचना अधिकारी अर्जुन गिरीका अनुसार उद्यमीहरूको आकर्षण बढेपछि कार्यालयले बर्सेनि निःशुल्क तालिम र बजार प्रवर्द्धनका लागि मेला प्रदर्शनीमा सहभागिताको व्यवस्था मिलाउँदै आएको छ। यहाँ उत्पादित सामग्री दसैँ र तिहारको समयमा बढी बिक्री हुने गरेको छ। धनकुटामा बनेका यी सामग्रीहरू झापा, मोरङ, सुनसरी र काठमाडौँसम्म पुग्ने गरेका छन्।

2