Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सिटिजन्स बैंकद्वारा कर्णालीमा कार्यसम्पादन तथा रणनीतिक समीक्षा सम्पन्न

सिटिजन्स बैंकद्वारा कर्णालीमा कार्यसम्पादन तथा रणनीतिक समीक्षा सम्पन्न
A A+ A-

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्नो कार्यसम्पादन तथा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स २०८३/८४ शीर्षकमा उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र अन्य उच्च व्यवस्थापनका अधिकारीहरूको उपस्थिति थियो।

समीक्षा कार्यक्रममा गत आर्थिक वर्षको प्रगति, चालू आर्थिक वर्षको बजेट, रणनीतिक योजना र मुख्य प्राथमिकताका विषयमा छलफल भएको बैंकले जनाएको छ।

साथै, ग्राहक सेवाको गुणस्तर सुधार र केन्द्र तथा प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो। हाल कर्णालीका ८ जिल्लामा बैंकका ११ वटा शाखा सञ्चालनमा छन्। बैंकले यसअघि नै बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा व्यवसाय विस्तार र नाफामा उल्लेख्य प्रगति गरेको छ। समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर रु १ खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ भने निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई रु २ खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ। यस अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर रु २ अर्ब ९ करोड ८६ लाख पुगेको छ।

बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त सिटिजन्स बैंकले हाल देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले भर्चुअल क्रेडिट कार्ड, जेन-जी सेभिङ अकाउन्ट र फ्रिलान्सर सेभिङ अकाउन्ट लगायतका डिजिटल सेवाहरू पनि प्रदान गर्दै आएको छ।

2