Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न पहल भइरहेको मन्त्री पौडेलको भनाइ

गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न पहल भइरहेको मन्त्री पौडेलको भनाइ
A A+ A-

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन्।

विमानस्थलमा नियमित उडान हुन नसक्नुको मुख्य कारण यात्रुको संख्या कम हुनु रहेको उल्लेख गर्दै उनले सरकारले यात्रु बढाउन विभिन्न विकल्पमा काम गरिरहेको जानकारी दिए।

मन्त्री पौडेलले भने, ‘अहिले धेरै एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको छु। सबैले देखाउने मुख्य चासो यात्रुको संख्या नपुगेको भन्ने हो। इच्छुक छौँ, जान तयार छौँ भनेको छ। यात्रुको संख्या कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीसँग पनि छलफल गरिरहेका छौँ।’ उनले विमानस्थल बन्द नभएको स्पष्ट पार्दै एयरलाइन्सहरूले यात्रुको अभावमा नियमित उडान गर्न नसकेको बताउने गरेको उल्लेख गरे।

सरकारले लुम्बिनी आउने बौद्ध धर्मावलम्बीहरूलाई लक्षित गर्दै उनीहरूलाई सिधै भैरहवामा अवतरण गराउने वातावरण बनाउन प्राथमिकता दिएको छ। यसका लागि मन्त्री पौडेलले श्रीलंका, भियतनाम, म्यानमार र भुटानलगायत बौद्ध बाहुल्य मुलुकका राजदूतहरूसँग व्यक्तिगत रूपमा छलफल अघि बढाएका छन्।

यसैबीच, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटाउन सरकारले काम गरिरहेको छ। मन्त्री पौडेलका अनुसार अनलाइन श्रम स्वीकृतिको व्यवस्था सुरु भइसकेको छ भने पोखरा र भैरहवाबाटै मेडिकल जाँचको व्यवस्था मिलाउने तयारी भइरहेको छ। साथै, म्यानपावर कम्पनीहरूलाई लुम्बिनी विमानस्थल आसपास केन्द्रित गराउन श्रम मन्त्रालयसँग सहकार्य भइरहेको छ।

यसका साथै, लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्री पौडेलले जानकारी दिए। उनले लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै नियुक्तिमा विशेष संवेदनशीलता अपनाइने बताएका छन्।

2