Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बैंकमा निक्षेप घट्यो, निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा वृद्धि

बैंकमा निक्षेप घट्यो, निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा वृद्धि
A A+ A-

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार, समीक्षा अवधिमा निक्षेप ०.३ प्रतिशत अर्थात् २० अर्ब ७१ करोड रुपैयाँले घटेको छ। यससँगै कुल निक्षेप ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ०.८ प्रतिशतले घटेको थियो। वार्षिक विन्दुगत आधारमा भने साउन मसान्तसम्म निक्षेप १४.५ प्रतिशतले बढेको बैंकले जनाएको छ।

निक्षेपमा सामान्य गिरावट आए पनि निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने बढेको छ। साउन महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.१ प्रतिशतले घटेको थियो। वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा ७ प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा बचत निक्षेपको हिस्सा बढेको छ भने मुद्दती निक्षेपको हिस्सा घटेको छ। साउन मसान्तमा कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको हिस्सा क्रमशः ७.३ प्रतिशत, ४७.६ प्रतिशत र ३५.६ प्रतिशत रहेको छ। संस्थागत निक्षेपको हिस्सा पनि अघिल्लो वर्षको ३५.१ प्रतिशतबाट घटेर ३३.३ प्रतिशतमा झरेको छ।

घरजग्गा धितोमा आधारित कर्जाको हिस्सामा पनि कमी आएको छ। कुल कर्जामध्ये ६३ प्रतिशत घरजग्गा धितोमा प्रवाह भएको छ, जुन अघिल्लो वर्ष ६४.४ प्रतिशत थियो। क्षेत्रगत रूपमा खनिज, निर्माण, र सेवा उद्योगतर्फको कर्जा बढेको छ भने वित्त, बीमा, अचल सम्पत्ति, कृषि र उपभोग्य क्षेत्रतर्फको कर्जा प्रवाहमा गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

2