Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

साउनमा रेमिट्यान्सको नयाँ कीर्तिमान, भित्रियो २ खर्ब १५ अर्ब

साउनमा रेमिट्यान्सको नयाँ कीर्तिमान, भित्रियो २ खर्ब १५ अर्ब
A A+ A-

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले बढेको थियो । यस वर्ष साउनमा रेमिट्यान्सको वृद्धि दर केही सुस्त देखिए पनि कुल रकम भने उच्च स्तरमा पुगेको छ ।

अमेरिकी डलरमा साउनको रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ । राष्ट्र बैंकका अनुसार साउनमा खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ थियो ।

यता, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने घटेको छ । साउनमा संस्थागत तथा व्यक्तिगत–नयाँतर्फ गरी ४२ हजार ६९३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४६६ थियो ।

तर, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ । साउनमा २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यसले नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटे पनि विदेशमा कार्यरत नेपालीबाट नेपाल भित्रिने रेमिट्यान्स तथा पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको देखाएको छ ।

2