Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन

पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन
A A+ A-

काठमाडौँ। वरिष्ठ खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयामा विमोचन गरिएको छ ।

पत्रकार अर्यालको उक्त पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद गौचन, नेपाल सफ्ट टेनिस सङ्घका अध्यक्ष तथा अन्तरराष्ट्रिय सफ्ट टेनिस सङ्घका मानार्थ अध्यक्ष विनयविक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आइसीसी उपाध्यक्ष दीपक केसी, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानका महासचिव श्यामशितल श्रेष्ठ र एनआरएनए जापान, नागोया क्षेत्रिय समितिका संयोजक योमन देवानले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा कार्यवाहक राजदूत पौडेलले अर्यालको पुस्तकको माध्यमबाट नेपाल र जापानबीचको सम्बन्ध बुझ्न सहज हुने बताए । “जापानसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पाँच वर्ष अगाडि नै खेलमार्फत हामी जोडिसकेका थियौँ भन्ने जानकारी यही पुस्तकबाट थाहा पाएँ”, उनले भने । उक्त पुस्तक नेपाल–जापान सम्बन्धका लागि कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचनले सो पुस्तकमार्फत नेपाल–जापानको खेल सम्बन्ध बुझ्ने अवसर पाएको उल्लेख गरे । पत्रकार अर्यालको पुस्तक नेपालका लागि मात्र नभएर जापानका लागि पनि उत्कृष्ट दस्तावेज भएको उनको भनाइ थियो ।

.“पुस्तकले जापानमा बसिरहेका नेपालीलाई नेपाल–जापानबीचको खेल सम्बन्ध थाहा पाउन मद्दत गर्छ”, उनले भने, “पुस्तकमा दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट उजागर गर्न खोजिएको छ ।”

नेपाल र जापानबीच ७५ वर्षअघि खेल सम्बन्ध स्थापना भएको थियो । सोही तथ्यलाई लेखक अर्यालले आफ्नो पुस्तकमा समावेश गरेको छ । कार्यक्रममा गलकोट समाज जापानका उपाध्यक्ष भेषनाथ गौतम, व्यवसायी डिलाराम खरेल, बुद्धिजीवी एवं एनआरएनए जापान नागोया क्षेत्रिय समितिका पूर्वउपसंयोजक नवराज चापागाईं, एनआरएनए जापान नागोया क्षेत्रिय समितिका उपसंयोजक यामबहादुर पाइजा मगर, पत्रकार कविकिरण न्यौपाने, निसान राणा र कान्ता गिरीले पुस्तकबारे आ–आफ्नो धारणा राखेको थियो ।

2