udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
A A+ A-

म्याग्दी। म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा २५ प्रतिशत भौतिक प्रगति भएको छ।

सत्ताइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी १३ महिनाको अवधिमा थप ७५ प्रतिशत काम सम्पन्न गर्न चुनौती देखिएको छ।

प्रशासनिक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग सम्झौता भएको थियो। हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ। पेस्की रु २७ करोड १० लाख सात हजार मात्र खर्च भएको छ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्रे र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजना निर्माण पछिल्लो समय ठप्प बनेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

“गत कात्तिकदेखि फागुनसम्म तीव्रताका साथ निर्माण भएको योजना चैतदेखि सुस्ताउँदै असारयता ठप्प बनेको छ,” उनले भने “ठेकेदार सम्पर्क विहीन हुँदा स्तरोन्नतिका क्रममा रहेको सडकमा खसेको पहिरो पन्छाउने तथा जोखिमयुक्त ठाउँमा मर्मत गरी नियमित यातायात सञ्चालनमा पनि समस्या भएको छ।”

गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठुलो र धेरै बजेटको यस योजना मार्फत दरवाङ–धारापानी ९सात किलोमिटर० र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्रे र ढलान गर्ने लक्ष्य छ।

धवलागिरि –७ धारापानीका माधव गिरीले निर्माण ब्यवसायीले अपेक्षित गतिमा काम नगरेका कारण कच्ची सडकमा असहज रूपमा यात्रा गर्नुपरेको गुनासो गर्नुभयो। सवारी चालक गणेश थापाले फराकिलो बनाउनका लागि हिउँदमा भत्काएको र अधुरो अवस्थामा रहेको सडकमा हिलोमा गाडी फस्ने समस्याका साथै गाडी चलाउन दुःख भएको गुनासो गरे। निर्माणाधिन सडकमा जमेको हिलोमा सवारी साधनका पाङ्ग्रा फसेर निकाल्न गाहे भएको उहाँको भनाइ छ। सडकको जीर्ण अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको धारापानीका गिरीले बताए।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाका अनुसार सङ्घीय र प्रदेश सरकारको (समपुरक) ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेकेदारले काम नगर्दा आर्थिक वर्ष २०८२/०८३ मा रु २३ करोड २२ लाख विनियोजन भएकोमा जम्मा रु पाँच करोड ४२ लाख १४ हजार खर्च भएको छ।

अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले गत आर्थिक वर्षमा अपेक्षित गतिमा काम नगर्दा बजेट खर्च हुन नसकेको उनले बताए। संघीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चालु आर्थिक वर्ष २०८३/०८४ मा रु १२ करोड ७८ लाख विनियोजन भएको छ।

आगामी आर्थिक वर्षसम्म योजना निर्माण पुरा नभएमा सङ्घीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई ब्यभार थपिने जोखिम बढेको छ। सम्झौताअनुसार यस आयोजनाको लागि थप रु २५ करोड ५४ लाख दायित्व सिर्जना भएको छ।

यमध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको बैकल्पिक मानिएको यो सडकको मुना हुँदै मरेनीबाट जलजला– ढोरपाटन हुँदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको गत वर्षको फागुनमा खुलेको थियो। बेनीदेखि तालावाङसम्म १८ किमी कालोपत्रे भएको छ। विसं २०७१ मा मुनामा सडक पुगेको थियो।

पूर्वाधार विकास कार्यालयबाट ठेक्का लगाउनु अघि कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको थियो। प्रदेश सरकारले ठेक्का लगाएको आयोजनामा गाउँपालिकाले खर्च गर्न नमिल्ने भएकाले अवरुद्ध हुँदा सडक खुलाउन र मर्मतको काममा नीतिगत रूपमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।

म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किमी छोटो पर्छ। धवलागिरि गाउँपालिकाले शुक्रबार विज्ञान, प्रविधि तथा नवप्रर्वतमन्त्री महाविर पुनलाई पत्राचार गरेर ठेकेदारलाई काममा फर्काउने वातावरण बनाइदिन सहयोग मागेको छ। मन्त्री पुनले निर्माण व्यवसायीलाई फोन गरेर ताकेता गरेको बताए।

म्याग्दी १ (ख)का प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले रणनीतिक महत्वको सडक निर्माणलाई गत दिन प्रदेश सरकारको ध्यानाकर्षण, निर्माण व्यवसायीलाई दबाब र सहजीकरण गरिएको बताए।

उनले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका थिए।

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको छ किमी दूरीको सडक कालोपत्रे, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०/०८१ देखि सञ्चालित योजना गत असारमा सम्पन्न भएको छ।

धारापानी–झिनडाडा खण्डको सडकमा पहिरोले क्षति पुर्‍याएको ठाउँमा मर्मत अवधि बाँकी रहेकाले सम्बद्ध निर्माण व्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action