सिमकोट। कर्मफ्लाइट्स फाउण्डेशनले हुम्लाका १ हजार ५ सय ५० विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको छ ।
जिल्लाका १७ विद्यालयका विद्यार्थीलाई वितरण गर्ने गरी उक्त कपडा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी (प्रतिरोध)लाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र हस्तान्तरण गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले जानकारी दिए ।
एक कार्यक्रमबीच उक्त सामाग्री हामीलाई फाउण्डेशनले हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ, सिमकोटका अध्यक्ष भण्डारीले भने, अब सबै सामाग्री जिल्लामा लिएर हामीले १७ वटा विद्यालय विद्यार्थीहरुलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउँछौं ।
हिउँदे मौशम शुरु हुन लाग्दा यि सामाग्रीले विद्यार्थीलाई निकै राम्रो गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।
फाउण्डेशनले शिक्षा तथा प्रविधिको क्षेत्रमा समेत सिमकोट गाउँपालिकासँग सहकार्य गर्दै आएको जनाएको छ। यस वर्ष थप विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने योजना रहेको फाउण्डेशनले जनाएको छ।
न्यानो कपडा तथा कम्प्युटर ल्याब स्थापनासहितका कार्यक्रमका लागि करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
