udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

डाङ्गोटे : मिठाई बेच्ने बालकदेखि औद्योगिक साम्राज्यसम्म

पारिवारिक व्यापारबाट अघि बढेका डाङ्गोटेले आयातलाई उद्योगमा रूपान्तरण गर्दै सिमेन्टदेखि तेलसम्म फैलिएको अफ्रिकाको विशाल व्यवसायिक साम्राज्य खडा गरे।

डाङ्गोटे : मिठाई बेच्ने बालकदेखि औद्योगिक साम्राज्यसम्म
अलिको डाङ्गोटे र उनको विशाल रिफाइनरी। Photo: Jeune Afrique / Dangote Refinery
A A+ A-

सन् २०२६ सेप्टेम्बर १४ को सोमबार नाइजेरियाको आर्थिक इतिहासमा अर्को महत्वपूर्ण दिनका रूपमा दर्ज भयो।

अफ्रिकाका सबैभन्दा धनी व्यक्ति अलिको डाङ्गोटेले आफ्नो निजी स्वामित्वमा रहेको डाङ्गोटे रिफाइनरीको सेयर सर्वसाधारणका लागि खुला गर्ने प्रक्रिया अघि बढाए।

यो कदमलाई अफ्रिकाको सबैभन्दा ठूलो सार्वजनिक सेयर निष्कासनमध्ये एक बन्न सक्ने अपेक्षासँग जोडिएको छ।

सानो लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरबाट सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

त्यही दिन सार्वजनिक भएका फोर्ब्सको वास्तविक समयको तथ्यांकअनुसार डाङ्गोटेको सम्पत्ति ५१.३ अर्ब अमेरिकी डलर पुगेको थियो। सम्पत्तिमा आएको तीव्र वृद्धिसँगै विश्वका धनाढ्यको सूचीमा उनको स्थानसमेत उल्लेख्य रूपमा माथि पुगेको थियो।

तर डाङ्गोटेको कथा यस्ता अर्बौँ डलरका तथ्यांकबाट सुरु भएको होइन। यसको सुरुवात नाइजेरियाको कानो सहरमा भएको थियो, जहाँ एउटा बालकले घरबाट पाएको खर्चीले मिठाई किन्थ्यो र साथीहरूलाई बेचेर नाफा कमाउँथ्यो।

अलिको मोहम्मद डाङ्गोटेको जन्म सन् १९५७ अप्रिल १० मा कानोको सम्पन्न हौसा मुस्लिम व्यापारिक परिवारमा भएको थियो।

उनको परिवार पश्चिम अफ्रिकाको व्यापारिक इतिहासमा लामो समयदेखि स्थापित थियो। उनका नातेदार सानुसी दन्ताता व्यापारिक क्षेत्रमा प्रभावशाली नाम थिए भने पारिवारिक विरासतले डाङ्गोटेलाई व्यापारको वातावरणमा हुर्किने अवसर दिएको थियो।

त्यसैले डाङ्गोटेको यात्रालाई पूर्ण रूपमा शून्यबाट सुरु भएको कथा भन्न मिल्दैन।

परिवारसँग रहेको पुँजी, सामाजिक सम्बन्ध र व्यापारिक वातावरणले सुरुवाती आधार तयार गरेको थियो। तर त्यस आधारलाई विस्तार गर्दै सिमेन्ट, चिनी, मल, खाद्य वस्तु र अन्ततः तेल उद्योगसम्म पुर्‍याउने निर्णय र जोखिम भने डाङ्गोटेकै थियो।

आठ वर्षको उमेरमै बुबा गुमाएपछि उनलाई हजुरबुबाले हुर्काए। व्यापारिक परिवारको वातावरण र हजुरबुबाबाट पाएको व्यावहारिक सिकाइले उनको सोचमा व्यवसायको प्रभाव प्रारम्भिक उमेरमै परेको थियो।

पछि उनी इजिप्टको काइरोस्थित अल-अजहर विश्वविद्यालयमा अध्ययन गर्न पुगे। व्यापारसम्बन्धी शिक्षा पूरा गरेपछि उनीसामु पारिवारिक व्यापारभित्र सुरक्षित भविष्य बनाउने वा आफ्नै व्यवसायिक बाटो खोज्ने विकल्प थियो। उनले दोस्रो बाटो रोजे।

५ लाख नाइराबाट सुरु भएको कारोबार

लागोस पुगेपछि डाङ्गोटेले आफ्नै व्यापार सुरु गर्ने निर्णय गरे। सन् १९७८ मा मामाबाट करिब ५ लाख नाइरा ऋण लिएर उनले थोक व्यापारमा प्रवेश गरे। सुरुवात ठूलो उद्योगबाट होइन, दैनिक उपभोगका वस्तुको कारोबारबाट भयो।

सुरुमा सिमेन्टका केही ट्रक लिएर लागोसमा बिक्री गर्ने कामबाट व्यापार बढ्दै गयो। त्यसपछि माछा, चामल र चिनीको कारोबार थपियो। सन् १९८० मा उनले पहिलोपटक चिनी आयात गरे। त्यसबेला नाइजेरियाको व्यापारिक वातावरण आयात अनुमति, विदेशी मुद्रा र सरकारी नीतिसँग गहिरोसँग जोडिएको थियो।

डाङ्गोटेले आफ्नै ढुवानी संरचना पनि विकास गरे। सामान आयात गरेर बजारमा पुर्‍याउन आफ्नै ट्रक प्रयोग गर्न थाले। यसले लागत र वितरणमा नियन्त्रण बढायो। सन् १९८१ को मेमा डाङ्गोटे समूह औपचारिक रूपमा स्थापना भयो।

त्यसपछिका वर्षमा व्यापारको आकार विस्तार हुँदै गयो। आयात, थोक वितरण र ढुवानीमा बनाएको सञ्जालले डाङ्गोटेलाई नाइजेरियाको व्यापारिक क्षेत्रमा बलियो बनाउँदै लग्यो।

राजनीतिक अस्थिरताबीच व्यापारको विस्तार

डाङ्गोटेको व्यवसायिक यात्रा सधैँ सहज भने थिएन। १९८० र १९९० को दशकमा नाइजेरियाले सैनिक शासन, राजनीतिक अस्थिरता र आर्थिक नीतिमा बारम्बार परिवर्तनको सामना गरिरहेको थियो।

आयातमा आधारित व्यवसायका लागि सरकारी अनुमति र विदेशी मुद्राको उपलब्धता निर्णायक थियो। त्यसैले व्यवसायीको सफलता बजारको मागमा मात्र निर्भर हुँदैनथ्यो। सरकारी निर्णय, आयात नीति र राजनीतिक सम्बन्धले पनि ठूलो भूमिका खेल्थे।

डाङ्गोटेको सफलताबारे भएका विभिन्न अध्ययन र विश्लेषणमा उनको पारिवारिक सम्पत्ति, सामाजिक सञ्जाल र सरकारी पहुँचले व्यापार विस्तारमा सहयोग पुर्‍याएको उल्लेख पाइन्छ।

यसले उनको व्यवसायिक यात्राको अर्को पक्ष देखाउँछ। उद्यमशीलता र जोखिम उठाउने क्षमता महत्वपूर्ण भए पनि नाइजेरियाको तत्कालीन आर्थिक संरचना र राज्यसँगको सम्बन्धलाई बेवास्ता गरेर डाङ्गोटेको उदयलाई बुझ्न सकिँदैन।

डाङ्गोटेले समयसँगै एउटा महत्वपूर्ण निष्कर्ष निकाले। आयात गरेर बेच्ने व्यवसाय सरकारी नीति, विदेशी मुद्रा र विनिमय दरको उतारचढावमा धेरै निर्भर हुन्छ। दीर्घकालीन नियन्त्रण र ठूलो नाफाका लागि उत्पादनमै जान आवश्यक थियो।

त्यही सोचले उनको व्यवसायको सबैभन्दा ठूलो मोड तयार गर्‍यो।

आयातको व्यापारबाट उत्पादनतर्फ फड्को

१९९० को दशकको अन्त्यतिर ब्राजिल भ्रमणका क्रममा डाङ्गोटेले हजारौँ कामदार रहेको ठूलो औद्योगिक कारखाना देखे। ठूलो परिमाणमा उत्पादन गर्ने उद्योगको संरचनाले उनलाई प्रभावित गर्‍यो।

व्यापार गरेर सामान आयात गर्नेभन्दा आफ्नै कारखाना स्थापना गरेर उत्पादन गर्ने व्यवसायिक मोडल बढी प्रभावशाली हुन सक्ने निष्कर्षमा उनी पुगे। बजारमा माग भएको वस्तु आफैँ उत्पादन गर्ने र आपूर्ति शृङ्खलामाथि नियन्त्रण कायम गर्ने रणनीति त्यसपछि डाङ्गोटे समूहको आधार बन्यो।

सन् १९९९ मा ओलुसेगुन ओबासान्जो नाइजेरियाको राष्ट्रपति बनेपछि औद्योगिक लगानीका लागि नीतिगत वातावरणमा पनि परिवर्तन आयो। सरकारले देशभित्र उत्पादन बढाउने रणनीतिलाई प्राथमिकता दिन थाल्यो।

सन् २००२ मा सरकारले ‘ब्याकवार्ड इन्टिग्रेसन’ नीतिमार्फत सिमेन्टलगायतका वस्तुको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्‍यो।

सिमेन्ट आयात गर्न चाहने व्यवसायीले देशभित्र उत्पादनमा लगानी गरेको प्रमाण देखाउनुपर्ने व्यवस्था गरियो। बोरा बन्द सिमेन्टको आयातमा समेत प्रतिबन्ध लगाइयो।

डाङ्गोटेका लागि यो नीतिगत परिवर्तन चुनौती पनि थियो र अवसर पनि। उनी त्यतिबेला नाइजेरियाका प्रमुख सिमेन्ट आयातकर्तामध्ये एक थिए। आयातको सहज व्यापार जारी राख्नुभन्दा उत्पादनमा ठूलो लगानी गर्ने निर्णय उनले लिए।

सिमेन्टले बदल्यो डाङ्गोटेको व्यवसाय

सन् २००० मा डाङ्गोटे समूहले बेनु सिमेन्ट अधिग्रहण गर्‍यो। त्यसपछि ओबाजाना क्षेत्रमा ठूलो सिमेन्ट उद्योग निर्माणको काम अघि बढ्यो। सन् २००३ मा ओबाजाना प्लान्ट सञ्चालनमा आयो।

त्यसपछि डाङ्गोटे समूहको व्यवसायिक गति तीव्र भयो। सन् २००० मा नगण्य रहेको उत्पादन क्षमता २००९ सम्म आइपुग्दा करोडौँ टनको स्तरमा पुगेको थियो।

सिमेन्ट उद्योगमा ठूलो लगानी भएपछि नाइजेरियाले घरेलु उत्पादन क्षमता बढाउँदै गयो र केही वर्षमै सिमेन्टमा आत्मनिर्भर बन्ने अवस्थामा पुग्यो।

यो डाङ्गोटेको व्यवसायिक रणनीतिको निर्णायक सफलता थियो। आयातमा निर्भर व्यापारी अब उत्पादन गर्ने उद्योगपति बनिसकेका थिए।

सन् २०१० मा डाङ्गोटे सिमेन्ट नाइजेरियन स्टक एक्सचेन्जमा सूचीकृत भयो। पुँजी बजारमा प्रवेश गरेपछि कम्पनीको विस्तारका लागि थप पुँजी जुटाउने बाटो खुल्यो।

आज डाङ्गोटे सिमेन्टको वार्षिक उत्पादन क्षमता करिब ४ करोड ८६ लाख टन पुगेको छ र कम्पनी अफ्रिकाका विभिन्न देशमा सञ्चालनमा छ। सिमेन्टको व्यवसायले डाङ्गोटे समूहलाई नाइजेरियाको ठूलो औद्योगिक समूहका रूपमा स्थापित गर्‍यो।

सिमेन्टपछि चिनी, मल र खाद्य उद्योग

डाङ्गोटेले सिमेन्टमा सफलता पाएपछि एउटै क्षेत्रमा सीमित रहेनन्। समूहले चिनी, नुन, चामल, मल, तेल तथा अन्य खाद्य र औद्योगिक वस्तुमा लगानी विस्तार गर्‍यो।

यसको उद्देश्य केवल नयाँ व्यवसाय थप्नु थिएन। आयातमा निर्भर नाइजेरियाको बजारमा स्वदेशी उत्पादन क्षमता निर्माण गर्ने रणनीति समूहले अघि बढायो।

नाइजेरियाजस्तो ठूलो जनसंख्या भएको देशमा खाद्यान्न, निर्माण सामग्री र इन्धनको माग विशाल छ। त्यसैले डाङ्गोटे समूहले दैनिक उपभोग र आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रलाई प्राथमिकता दियो।

यसले समूहको व्यवसायलाई उपभोक्ता बजारदेखि भारी उद्योगसम्म फैलायो। सिमेन्टले निर्माण उद्योगसँग जोड्यो भने चिनी, नुन र खाद्य व्यवसायले दैनिक उपभोगको बजारमा उपस्थिति विस्तार गर्‍यो। अन्ततः तेल रिफाइनरीले डाङ्गोटेको औद्योगिक रणनीतिलाई अर्को स्तरमा पुर्‍यायो।

सम्पत्तिको उतारचढावबीच बढेको साम्राज्य

डाङ्गोटेको सम्पत्तिको ग्राफ भने सधैँ सीधा उकालो थिएन। सन् २००८ मा पहिलोपटक फोर्ब्सको अर्बपति सूचीमा पर्दा उनको सम्पत्ति करिब ३.३ अर्ब अमेरिकी डलर थियो।

सन् २००९ मा यो घटेर करिब २.५ अर्ब र २०१० मा करिब २.१ अर्ब डलरमा पुगेको थियो। तर सिमेन्ट व्यवसायको तीव्र विस्तारसँगै सन् २०११ मा उनको सम्पत्ति करिब १३.८ अर्ब डलर पुगेको थियो।

नाइजेरियाली मुद्रा नाइराको अवमूल्यन र सिमेन्टको मागमा आएको परिवर्तनले पछि उनको सम्पत्तिमा फेरि दबाब परेको थियो। डाङ्गोटेको मुख्य व्यवसाय नाइजेरियाभित्रको उत्पादनसँग जोडिएकाले स्थानीय मुद्रा र घरेलु बजारको अवस्थाले उनको सम्पत्तिमा प्रत्यक्ष प्रभाव पार्ने गरेको थियो।

ओबाजाना प्लान्टको स्वामित्व र करसम्बन्धी विवादमा कोगी राज्य सरकारसँग भएको विवाद पनि डाङ्गोटे समूहले सामना गरेका महत्वपूर्ण व्यवसायिक चुनौतीमध्ये एक हो।

तर यी उतारचढावबीच समूहले लगानी विस्तारको रणनीति रोकेन। बरु सिमेन्टमा बनेको औद्योगिक आधारलाई अझ ठूलो उद्योगतर्फ लैजाने तयारी गरियो।

२० अर्ब डलरको तेल रिफाइनरी

डाङ्गोटेको व्यवसायिक यात्राको सबैभन्दा ठूलो जुवा तेल रिफाइनरी बन्यो। यसको निर्माण सन् २०१६ मा सुरु भयो।

लागोसको लेक्की क्षेत्रमा निर्माण गरिएको परियोजनाको आकार असाधारण थियो। निर्माण क्षेत्रको ठूलो हिस्सा दलदल भएकाले प्रारम्भमै ठूलो परिमाणमा बालुवा भर्ने काम गर्नुपरेको थियो। त्यसपछि उपकरण आयात, वित्तीय व्यवस्थापन, प्राविधिक साझेदारी र निर्माणमा आएको ढिलाइले परियोजनालाई थप जटिल बनायो।

रिफाइनरी निर्माणमा करिब २० अर्ब अमेरिकी डलर लगानी भएको बताइन्छ। यति ठूलो लगानी एउटा निजी व्यवसायीका लागि असाधारण जोखिम थियो।

सन् २०२३ मा रिफाइनरी सञ्चालनमा आयो र २०२४ को सुरुदेखि यसको सञ्चालन क्रमशः पूर्ण क्षमतातर्फ अघि बढ्यो। डाङ्गोटेका लागि यो केवल अर्को उद्योग थिएन। नाइजेरिया अफ्रिकाको ठूलो तेल उत्पादक देश भए पनि लामो समयदेखि परिष्कृत पेट्रोलियम उत्पादनका लागि आयातमा निर्भर थियो।

आफ्नै देशमा ठूलो रिफाइनरी सञ्चालनमा आएपछि डाङ्गोटे समूहले यही संरचनात्मक कमजोरीलाई व्यवसायिक अवसरमा बदल्ने प्रयास गर्‍यो।

इन्धन बजारमा प्रवेशसँगै बढेको प्रभाव

रिफाइनरी सञ्चालनको प्रारम्भिक चरण भने चुनौतीरहित थिएन। कच्चा तेलको नियमित आपूर्ति, मूल्य निर्धारण र आयातसँगको प्रतिस्पर्धाले समस्या सिर्जना गर्‍यो।

सन् २०२४ मा कच्चा तेल आपूर्तिको विषयमा नाइजेरियाली सरकारसँग हस्तक्षेपको आवश्यकता परेको थियो। डाङ्गोटे र नाइजेरियाली राष्ट्रिय पेट्रोलियम कम्पनीबीच पेट्रोल आपूर्ति र मूल्यलाई लिएर सार्वजनिक मतभेदसमेत देखियो।

रिफाइनरीले ठूलो मात्रामा इन्धन उत्पादन गर्न थालेपछि आयातमा आधारित बजार संरचनामा परिवर्तनको बहस सुरु भयो। डाङ्गोटे समूहले ठूलो परिमाणमा पेट्रोलियम उत्पादन घरेलु बजारमा उपलब्ध गराउन थालेपछि नाइजेरियाको इन्धन आपूर्ति प्रणालीमा यसको प्रभाव बढ्दै गयो।

रिफाइनरीको प्रशोधन क्षमता दैनिक ७ लाख ब्यारेलसम्म पुगेको छ। यसले नाइजेरियालाई परिष्कृत पेट्रोलियम उत्पादनमा आयात निर्भरता घटाउने अवसर दिएको छ।

इन्धनको मूल्यमा पनि विभिन्न समयमा परिवर्तन देखिएको छ। सन् २०२४ अक्टोबरमा प्रतिलिटर करिब १,०३० नाइरा रहेको पेट्रोलको मूल्य सन् २०२५ डिसेम्बरसम्म करिब ६९९ नाइराको आसपास आएको तथ्यांक उद्धृत गरिएको छ।

यद्यपि मूल्यमा रिफाइनरी मात्र होइन, कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य, विनिमय दर, कर, ढुवानी र सरकारी नीतिजस्ता विभिन्न पक्षको प्रभाव हुन्छ।

रिफाइनरीको उत्पादनले अन्तर्राष्ट्रिय बजारसमेत पाउन थालेको छ। इन्धन आपूर्ति अवरोधका समयमा पश्चिमी युरोपतर्फ जेट इन्धन बिक्री गर्ने अवसरसमेत कम्पनीले पाएको थियो।

ठूलो उद्योगसँगै ठूलो बहस

डाङ्गोटे रिफाइनरीले नाइजेरियाको औद्योगिक क्षमता बढाउने अवसर दिएको छ। तर यसको आकारसँगै बजार शक्ति र प्रतिस्पर्धाबारे बहस पनि सुरु भएको छ।

एउटै निजी कम्पनीले ठूलो मात्रामा इन्धन उत्पादन गर्दा बजारमा त्यसको प्रभाव कति हुन्छ भन्ने प्रश्न उठेको छ। अर्कोतर्फ, घरेलु उद्योगलाई आयात शुल्क तथा अन्य नीतिगत संरक्षण दिँदा उपभोक्ता, प्रतिस्पर्धी र उत्पादकबीचको सन्तुलन कसरी कायम गर्ने भन्ने बहस पनि छ।

डाङ्गोटे समूहले भने नाइजेरियालाई आयातमा निर्भर अर्थतन्त्रबाट उत्पादन र निर्याततर्फ लैजाने आफ्नो रणनीतिको हिस्सा भएको बताउँदै आएको छ।

यही कारण डाङ्गोटेको व्यवसायिक यात्रालाई केवल एउटा धनाढ्यको सम्पत्ति वृद्धिको कथा मात्र मान्न कठिन हुन्छ। यसमा निजी उद्योग, सरकारी नीति, आयात प्रतिस्थापन, औद्योगिकीकरण र बजार शक्तिको अन्तरसम्बन्ध पनि जोडिएको छ।

अब सर्वसाधारणका लागि सेयर

डाङ्गोटेको अर्को ठूलो कदम अब पुँजी बजारसँग जोडिएको छ। रिफाइनरीको करिब ३ प्रतिशत हिस्सा सर्वसाधारणका लागि बिक्रीमा राख्ने योजना अघि बढाइएको छ। यसबाट करिब २.१ अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखिएको छ।

यसअघि जुलाईमा संस्थागत लगानीकर्ताले करिब ६ प्रतिशत हिस्सा २.५ अर्ब डलरमा खरिद गरेको बताइएको थियो। सर्वसाधारणका लागि प्रस्तावित सेयरको मूल्य भने संस्थागत बिक्रीभन्दा फरक रहनेछ।

अर्डर बुक अक्टोबर १३ मा बन्द हुने र सेयरको कारोबार नोभेम्बरमा सुरु हुने अपेक्षा गरिएको छ।

डाङ्गोटेले यस कदमलाई अफ्रिकी जनतालाई सम्पत्ति निर्माणको अवसर दिने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। उनले भविष्यमा आफ्ना अन्य कम्पनीलाई पनि क्रमशः पुँजी बजारमा लैजाने संकेत गरेका छन्।

रिफाइनरीलाई केही वर्षभित्र अमेरिकी बजारमा समेत दोस्रोपटक सूचीकृत गर्ने सम्भावनाबारे पनि उनले बताएका छन्। यदि यस्तो योजना अघि बढ्यो भने डाङ्गोटे समूहको पुँजी बजार पहुँच नाइजेरियाभन्दा बाहिरसम्म विस्तार हुनेछ।

रिफाइनरी अझ ठूलो बनाउने योजना

डाङ्गोटे रिफाइनरीको वर्तमान आकार नै विश्वका ठूला रिफाइनरीमध्ये एक हो। तर डाङ्गोटे समूह त्यसमै रोकिएको छैन।

करिब १४.३ अर्ब अमेरिकी डलर बराबरको विस्तार योजनामार्फत प्रशोधन क्षमता दैनिक १४ लाख ब्यारेल पुर्‍याउने लक्ष्य राखिएको छ। कम्पनीको योजनाअनुसार विस्तार सन् २०२९ सम्ममा पूरा गर्ने लक्ष्य छ।

कम्पनीले यो विस्तारपछि रिफाइनरी विश्वकै सबैभन्दा ठूलोमध्ये एक बन्न सक्ने दाबी गरेको छ। विस्तारबाट करिब ६५ हजार रोजगारी सिर्जना गर्ने, इन्धनको गुणस्तरलाई युरो–६ मापदण्डसम्म पुर्‍याउने र विद्युत् उत्पादन क्षमता बढाउने योजना पनि अघि सारिएको छ।

डाङ्गोटेको महत्वाकांक्षा नाइजेरियामा मात्र सीमित छैन। केन्यामा रिफाइनरी निर्माण गर्ने प्रस्तावदेखि पूर्वी अफ्रिकी बजारतर्फ विस्तार गर्ने योजनासम्मका संकेत उनले दिएका छन्।

यसको अर्थ डाङ्गोटे समूह अब नाइजेरियाली कम्पनीको सीमाभन्दा बाहिर गएर अफ्रिकाको ऊर्जा तथा औद्योगिक आपूर्ति शृङ्खलामा ठूलो भूमिका खोजिरहेको छ।

साम्राज्यको अगाडिको जोखिम

ठूलो लगानीसँगै जोखिम पनि ठूलो हुन्छ। १४.३ अर्ब डलरको विस्तार परियोजना समयमा पूरा नहुनु, लागत बढ्नु वा विश्व बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव आउनुले रिफाइनरीको नाफामा असर पार्न सक्छ।

कच्चा तेलको आपूर्ति अर्को महत्वपूर्ण जोखिम हो। रिफाइनरीको ठूलो क्षमता उपयोग गर्न नियमित र प्रतिस्पर्धी मूल्यमा कच्चा तेल उपलब्ध हुनुपर्छ। त्यसैगरी नाइराको विनिमय दर, सरकारी कर तथा आयात नीति र घरेलु इन्धन मागले पनि व्यवसायको परिणाम निर्धारण गर्नेछ।

अर्को चुनौती बजार शक्ति हो। ठूलो रिफाइनरीको स्वामित्व एउटै समूहमा केन्द्रित हुँदा प्रतिस्पर्धा, मूल्य निर्धारण र नियमनको विषय भविष्यमा अझ महत्वपूर्ण बन्न सक्छ।

डाङ्गोटे समूहको व्यवसायिक विस्तारसँगै उत्तराधिकारको प्रश्न पनि क्रमशः अगाडि आउनेछ।

६९ वर्ष पुगेका डाङ्गोटेपछि यति ठूलो व्यवसायिक साम्राज्य कसरी व्यवस्थापन हुन्छ भन्ने विषय पनि दीर्घकालीन रणनीतिसँग जोडिएको छ। उनको पारिवारिक कार्यालयको व्यवस्थापनमा छोरी हलिमाको भूमिका रहेको बताइन्छ।

मिठाईबाट सुरु भएको औद्योगिक यात्रा

डाङ्गोटेको कथा एउटा बालकले मिठाई किनेर साथीहरूलाई बेच्दै नाफा कमाएको प्रसंगबाट सुरु हुन्छ। त्यसपछि उनी थोक व्यापारी बने। चिनी, चामल, माछा र सिमेन्ट आयात गरे। ट्रक किने। वितरण सञ्जाल बनाए। अनि एक दिन आयात गरेर बेच्ने व्यवसाय पर्याप्त छैन भन्ने निष्कर्षमा पुगे।

त्यसपछि उनले कारखाना बनाए। सिमेन्टमा गरेको लगानीले उनलाई व्यापारीबाट उद्योगपतिमा रूपान्तरण गर्‍यो। चिनी, खाद्य वस्तु र मलमा गरिएको विस्तारले समूहलाई विविध बनायो। अन्ततः २० अर्ब डलरको तेल रिफाइनरी निर्माण गर्ने निर्णयले उनलाई अफ्रिकाको ऊर्जा उद्योगको केन्द्रमा पुर्‍यायो।

डाङ्गोटेको सफलताको कथा पारिवारिक सम्पत्ति र सामाजिक सञ्जालबाट पूर्ण रूपमा अलग छैन। उनको सुरुवाती पुँजी र व्यापारिक वातावरणले बाटो सहज बनाएको थियो।  सरकारी नीति र नाइजेरियाको औद्योगिक संरक्षणले पनि उनका केही ठूला लगानीका लागि बजार सिर्जना गर्‍यो।

त्यसैले उनको यात्रालाई केवल व्यक्तिगत संघर्षको रोमान्टिक कथा बनाउनु अधुरो हुन्छ।

तर त्यससँगै उनले आयातमा आधारित व्यापारलाई उत्पादनमा बदल्ने जुन रणनीति अपनाए, त्यो उनको व्यवसायिक यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष हो। बजारमा पहिले नै रहेको मागलाई आफ्नै उत्पादन क्षमतामा बदल्ने, आपूर्ति शृङ्खलामा नियन्त्रण बढाउने र ठूलो लगानीमार्फत प्रवेश अवरोध सिर्जना गर्ने रणनीतिले डाङ्गोटे समूहलाई फरक उचाइमा पुर्‍यायो।

आज मिठाई बेच्ने त्यो बालकको नामसँग जोडिएको व्यवसाय सिमेन्टको बोरा, चिनीको प्याकेट वा खाद्य वस्तुसम्म मात्र सीमित छैन। उसको साम्राज्य अब तेल प्रशोधन, ऊर्जा, मल, उत्पादन र पुँजी बजारसम्म फैलिएको छ।

डाङ्गोटेको यात्रा त्यसैले एउटा अर्बपतिको व्यक्तिगत सम्पत्तिको कथा मात्र होइन।

यो अफ्रिकाको ठूलो बजारमा आयातकर्ता कसरी उत्पादक बन्न सक्छ, उत्पादनबाट कसरी औद्योगिक शक्ति निर्माण हुन्छ र ठूलो निजी लगानीले राष्ट्रिय अर्थतन्त्रको संरचनासँग कसरी जोडिन सक्छ भन्ने व्यवसायिक यात्राको कथा पनि हो।

मिठाई बेचेर नाफा कमाउने बालकले अन्ततः अर्बौँ डलरको उद्योग निर्माण गरे। अब उनको अर्को परीक्षा त्यही साम्राज्यलाई अझ ठूलो बनाउनु मात्र होइन, त्यसलाई प्रतिस्पर्धी, पारदर्शी र दीर्घकालीन रूपमा टिकाउ बनाउनु हो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action