Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

फिदिममा आठ हजारभन्दा बढी पशुमा निःशुल्क कृत्रिम गर्भाधान

फिदिममा आठ हजारभन्दा बढी पशुमा निःशुल्क कृत्रिम गर्भाधान
A A+ A-

फिदिम। फिदिम नगरपालिकाले पछिल्ला तीन आर्थिक वर्षमा नगर क्षेत्रका आठ हजारभन्दा बढी गाईभैँसीमा निःशुल्क कृत्रिम गर्भाधान सेवा प्रदान गरेको छ। नगरपालिकाले उन्नत पशुवंशको विकास गर्दै दैनिक ५० हजार लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिरहेको छ।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३००, २०८१-८२ मा तीन हजार २१४ र २०८२-८३ मा तीन हजार १९१ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो। चालु आर्थिक वर्षमा पनि ३०० भन्दा बढी पशुमा यो सेवा दिइएको छ। लाहानस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट ल्याइएको होलिस्टिन र जर्सी गाई तथा मुर्रा भैँसीको वीर्य प्रयोग गरी १४ वटै वडाका चार केन्द्रमार्फत सेवा प्रवाह भइरहेको पशु सेवा प्राविधिक नारायणकुमार थापाले जानकारी दिए।

निःशुल्क सेवा सुरु भएपछि किसानको आकर्षण बढेको छ। स्थानीय किसान भवानी काफ्लेका अनुसार उन्नत जातका गाईले दैनिक २० लिटरसम्म दूध दिन्छन्, जबकि स्थानीय जातका गाईबाट बढीमा १० लिटर मात्र उत्पादन हुन्छ। हालसम्म करिब तीन हजार उन्नत बाछी उत्पादन भइसकेका छन्।

नगरपालिकाको तथ्याङ्कअनुसार दूध उत्पादन दैनिक १४ हजार लिटरबाट बढेर अहिले ३५ हजार लिटर पुगेको छ। नगरप्रमुख मित्रप्रसाद काफ्लेले किसानको आर्थिक सशक्तीकरणका लागि यो कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो। उन्नत गाईबाट दूध उत्पादन बढेपछि वार्षिक एक अर्ब रुपियाँभन्दा बढी आम्दानी हुने नगरपालिकाको अनुमान छ।

फिदिममा हाल दुई ठूला र १० साना डेरी उद्योग सञ्चालनमा छन्। यहाँ उत्पादित दूधबाट छुर्पी, पनिर, घिउ र दहीलगायतका परिकार बन्ने गरेका छन्। डेरी उद्योगले किसानको दूध सहजै खपत गरिरहेकाले बजारीकरणको समस्या नरहेको नगरपालिकाले जनाएको छ।

2