Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बुटवल-गोरुसिङ्गे सडक विस्तार : दुई वर्षमा २८ प्रतिशत मात्र काम

बुटवल-गोरुसिङ्गे सडक विस्तार : दुई वर्षमा २८ प्रतिशत मात्र काम
A A+ A-

काठमाडौं। बुटवल-गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुनेमा आशङ्का बढेको छ।

ठेक्का सम्झौता अवधि सकिन करिब १४ महिना बाँकी रहँदा भौतिक प्रगति भने २८ प्रतिशतमा मात्र सीमित छ।

सन् २०२४ नोभेम्बरमा चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र चितवनको आशिष निर्माण सेवा जेभीले तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए।

सम्झौता अनुसार २०८४ कात्तिकसम्म काम सक्नुपर्ने भए पनि हालसम्मको प्रगतिले लक्ष्य भेट्टाउन चुनौती देखिएको छ। आयोजनाको कुल लागत १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँ छ।

आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर अशोक पौडेलले निर्माणको गति र बाँकी समयबिच तालमेल नमिलेको बताउनुभयो। उहाँले भन्नुभयो, “तोकिएको समयमै काम सम्पन्न गर्न कठिन देखिन्छ। निर्माण कम्पनीले बर्खायामपछि थप जनशक्ति र उपकरण परिचालन गरेर कामको गति बढाउने तयारी गरेको छ।”

५० किलोमिटर लामो यो सडकखण्डमा रुपन्देही र कपिलवस्तुतर्फ २५-२५ किलोमिटर निर्माण भइरहेको छ। हाल पुल, कलभर्ट, अन्डरपास, नाली र वन्यजन्तु आवतजावतका लागि संरचना निर्माण भइरहेका छन्। कपिलवस्तुमा १० मध्ये नौ पुल निर्माणाधीन छन् भने रुपन्देहीमा ६७ मध्ये ५६ कलभर्टको काम जारी छ।

निर्माण कार्यमा विद्युत्का पोल सार्न भएको ढिलाइ र माटो तथा नदीजन्य सामग्री व्यवस्थापनमा देखिएको समस्याले काम प्रभावित भएको छ। बुटवल-गोरुसिङ्गे सडक लुम्बिनी प्रदेशको महत्वपूर्ण व्यापारिक मार्ग हो। सडक विस्तार भएपछि बुटवलदेखि गोरुसिङ्गेसम्मको आवागमन सहज हुने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।

2