Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

दीपावली र छठका लागि जनकपुरका कुम्हाल समुदाय माटोका सामग्री बनाउन व्यस्त

दीपावली र छठका लागि जनकपुरका कुम्हाल समुदाय माटोका सामग्री बनाउन व्यस्त
फाइल फोटो
A A+ A-

काठमाडौं: दीपावली र छठ पर्व नजिकिएसँगै जनकपुरधाम उपमहानगरपालिका-२४, बसहियाका कुम्हाल समुदाय माटोका सामग्री बनाउन निकै व्यस्त भएका छन्। चाडपर्वको समय यो समुदायका लागि वर्षभरिकै सबैभन्दा व्यस्त र आम्दानी हुने सिजन हो।

बसहियामा करिब ४० कुम्हाल परिवार बसोबास गर्छन्। उनीहरूले दीपावली र छठमा प्रयोग हुने दियो, कलश, ढकना, कुरवार र माटोका हात्ती बनाइरहेका छन्। ५५ वर्षीय सुन्देश्वर पण्डितले यो पेसालाई पुस्तौँदेखि निरन्तरता दिँदै आएका छन्।

उनले पछिल्लो पाँच वर्षदेखि यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका छन्। सुन्देश्वरको दिनचर्या बिहान ३ बजेबाट सुरु हुन्छ। माटो तयार गर्ने, चक्रमा आकार दिने र घाममा सुकाउने काममा उनको परिवारका सदस्यहरू पनि खटिन्छन्। सुन्देश्वरका अनुसार पहिले चक्रलाई हातले घुमाउनुपर्ने बाध्यता थियो भने अहिले विद्युतीय चक्रको प्रयोगले काम केही सहज भएको छ।

उनले आफ्नो दुईतले घरको छतलाई उत्पादनस्थल बनाएका छन्। सुन्देश्वरका छोरा रमणले पनि बुवाको पुर्ख्यौली पेसामा सघाउँदै आएका छन्। रमणले भने, ‘अन्य बेला यी सामग्रीको त्यति बिक्री हुँदैन। यही चाडपर्वमा मात्रै अलि बढी बिक्री हुने हो।’ सुन्देश्वरको परिवारले अहिलेसम्म ३ सय थान कुरवार, ३ सय थान माटोका हात्ती, ३ सयदेखि ४ सय थान ढकना, २ सय थान कलश र ५० हजारभन्दा बढी दियो तयार पारिसकेको छ।

गत वर्ष ३ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो भने यस वर्ष ५० देखि ६० हजार रुपैयाँको बिक्री भइसकेको छ। आधुनिक विद्युतीय सामग्री र धातुका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा परम्परागत माटोका सामग्रीको बजार खुम्चिँदै गएकोमा भने उनीहरू चिन्तित छन्। सुन्देश्वरले भने, ‘पुस्तौँदेखि जोगाउँदै आएको सिपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न पनि बजारको सुनिश्चितता आवश्यक छ।’ आधुनिकतासँगै मानिसको रोजाइ बदलिए पनि बसहियाका कुम्हाल परिवार मिथिलाको परम्परा जोगाउने प्रयासमा छन्।

2