Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग
A A+ A-

काठमाडौँ। तिहारको उल्लास, देउसी–भैलो र मिठासपूर्ण परिकारको तयारीलाई थप सहज बनाउन सिजी इलेक्ट्रोनिक्सले आफ्ना अत्याधुनिक माइक्रोवेभ ओभनलाई विशेष रूपमा प्रवर्द्धन गरेको छ। खाना तताउने काममा मात्र सीमित नभई विभिन्न परिकार पकाउन, बेकिङ गर्न र ग्रिलिङ गर्नसमेत उपयोगी यी ओभनले चाडपर्वको भान्सालाई सहज र आधुनिक बनाउने कम्पनीको विश्वास छ।

तिहारमा भाइटीकाका लागि तयार गरिने भाइ मसला, मिठाई तथा अन्य परिकारहरू अब सिजी माइक्रोवेभ ओभनको प्रयोगबाट घरमै छिटो र सजिलै बनाउन सकिने कम्पनीले जनाएको छ।

ओभनमा काजु, बदाम, पिस्ता र ओखरजस्ता भाइ मसलालाई केही मिनेटमै क्रिस्पी हुने गरी रोस्ट गर्न सकिन्छ। त्यस्तै, बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलवा तथा चकलेटजस्ता मिठाई पनि घरमै तयार गर्न सकिन्छ। बजारमा पाइने मिठाईको विकल्पमा आफ्नै स्वाद र गुणस्तरअनुसार परिकार बनाउन चाहनेका लागि यो उपयोगी हुने कम्पनीको भनाइ छ।

त्यसैगरी, ओभनमा उपलब्ध कन्भेक्सन र ग्रिल फिचरले केक, कुकिज बेकिङ गर्न तथा पनिर र मासुका विभिन्न परिकार ग्रिल गर्न सहयोग पुर्‍याउँछ। अघिल्लो दिन तयार गरिएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारलाई पुनः तताएर स्वाद र ताजापन कायम राख्न पनि माइक्रोवेभ ओभन उपयोगी हुने बताइएको छ।

ग्राहकको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै सिजीले हाल बजारमा २० देखि ३५ लिटरसम्म क्षमताका ६ मोडलका माइक्रोवेभ ओभन उपलब्ध गराएको छ। यीमध्ये दुई मोडल प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ अन्तर्गत र बाँकी चार मोडल सिजी ब्रान्डअन्तर्गत रहेका छन्। कम्पनीका अनुसार सोलो, ग्रिल र कन्भेक्सन प्रकारका यी ओभनमा रहेको ‘अटो कुक मेनु’ सुविधाले परिकारअनुसार समय र तापक्रम मिलाउन सहयोग गर्छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादन देशभर रहेका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुम, आधिकारिक वेबसाइट www.cgdigital.com.np र www.cginspiringlife.com तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

बिक्रीपछिको सेवालाई थप सहज र प्रभावकारी बनाउन कम्पनीले ‘CG Cares’ एप सञ्चालनमा ल्याएको छ। उक्त एप र देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।

सिजीका उत्पादन तथा सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै, प्लेस्टोर वा एपस्टोरबाट ‘CG Cares’ एप डाउनलोड गर्न सकिनेछ।

2