Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

नेपालको विकासका लागि निजी क्षेत्र सशक्त हुनुपर्ने चौधरीको भनाइ

नेपालको विकासका लागि निजी क्षेत्र सशक्त हुनुपर्ने चौधरीको भनाइ
A A+ A-

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) लाई सम्बोधन गरेका छन्। सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, वैदेशिक लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्नेमा जोड दिएका छन्।

सम्बोधनका क्रममा उनले दक्षिण कोरियाको आर्थिक विकासको मोडल नेपालका लागि अनुकरणीय रहेको बताए। निजी क्षेत्रको सशक्तीकरण, प्रभावकारी सहकार्य र विश्वस्तरमा ब्रान्ड निर्माणले दक्षिण कोरियाले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याएको उनको भनाइ थियो। उनले नेपालको विकास रणनीति पनि खुला बजार अर्थतन्त्र र आर्थिक उदारीकरणमा आधारित हुनुपर्ने धारणा राखे।

चौधरीले नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, जवाफदेहिता र सुशासनका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले भने, ‘राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्‍यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्‍यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ।’ उनले युवाका लागि स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्नु नेतृत्वको मुख्य जिम्मेवारी भएको उल्लेख गरे।

जलवायु परिवर्तनका विषयमा बोल्दै उनले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गरे। हालै नेपालको भोटेकोशी क्षेत्रमा आएको बाढीलाई उदाहरण दिँदै उनले यसको असर कुनै एक देशमा मात्र सीमित नहुने र जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए।

2