Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढी: बेपत्ता श्रमिकको पारिश्रमिक वितरण, परिवारलाई अझै लासको पर्खाइ

भोटेकोशी बाढी: बेपत्ता श्रमिकको पारिश्रमिक वितरण, परिवारलाई अझै लासको पर्खाइ
A A+ A-

टीकापुर। भोटेकोशी बाढीमा बेपत्ता भएका श्रमिकका परिवारलाई उनीहरूले काम गरेको अवधिको पारिश्रमिक वितरण गरिएको छ।

आइतबार वडाध्यक्षको रोहबरमा टीकापुर नगरपालिका-५ का कमल चौधरीलगायतका परिवारलाई चेक हस्तान्तरण गरिएको हो।

टीकापुर नगरपालिका-५ का कमल चौधरीले पाँच जनाको संयुक्त पारिश्रमिक बापत दुई लाख १४ हजार ४८७ रुपियाँको चेक बुझे। बाढीमा बेपत्ता भएका आफ्ना बुबा ठगराम चौधरीको अवस्थाबारे जानकारी नपाउँदा उहाँले चेक बुझ्दै गर्दा दुःख व्यक्त गरे। कमलले भने, ‘चेक त साटौंला, बुबाको सास त अब रहेन होला। लास कहिले पाइन्छ?’

कामदार आपूर्तिकर्ता तुलाराम चौधरीका अनुसार पोखरा छिङहवा कन्सट्रक्सनले कामदारको पारिश्रमिक बापतको १८ लाख ७६ हजार ५७३ रुपियाँ पठाएको थियो। यसबाट १४ जना फर्केका र ३३ जना बेपत्ता श्रमिकका परिवारलाई ज्याला वितरण गरिएको हो। बेपत्ता हुनेमा टीकापुरका २५, जानकी गाउँपालिकाका चार र बर्दियाको गेरुवा गाउँपालिकाका चार जना छन्।

भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर ३३ जना युवा बेपत्ता भएका थिए। घटना भएको एक महिना पुग्न लाग्दा पनि आफ्ना आफन्तको अवस्था पत्ता नलाग्दा परिवारजन निराश छन्। बेपत्ताको पहिचानका लागि परिवारले डिएनए परीक्षणका लागि नमुना दिइसकेका छन्।

आपूर्तिकर्ता तुलारामले सरकारी प्रक्रिया पूरा भएपछि दुर्घटना बिमा वापतको रकम पनि उपलब्ध गराइने जानकारी दिए।

2