Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

लुम्बिनीको विकासका लागि १२ अर्ब ६३ करोड खर्च गर्ने योजना

लुम्बिनीको विकासका लागि १२ अर्ब ६३ करोड खर्च गर्ने योजना
A A+ A-

काठमाडौं। बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि विश्व बैंकले उपलब्ध गराएको ८५ मिलियन अमेरिकी डलर अर्थात् करिब १२ अर्ब ६३ करोड रुपैयाँ कसरी खर्च गर्ने भन्ने विषयमा सरोकारवालाहरूले छलफल गरेका छन्। ग्रेटर लुम्बिनी एरिया आयोजनामार्फत अघि बढाइएको यो परियोजनाबारे लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा भारत, जापान, अस्ट्रेलिया र थाइल्यान्डलगायतका देशका विज्ञहरू सहभागी थिए। सम्मेलनले सम्पदा संरक्षण, सामुदायिक विकास, वातावरणीय सुरक्षा र स्थानीय जीविकोपार्जनलाई परियोजनाको मुख्य आधार बनाउनुपर्ने सुझाव दिएको छ।

बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट दरबार, रामग्राम र देवदहजस्ता पुरातात्त्विक तथा धार्मिक स्थलहरू पर्दछन्। यी क्षेत्रको विकास गर्दा स्थानीय समुदायलाई रोजगारी र आयआर्जनसँग जोड्नुपर्नेमा सहभागीहरूको जोड थियो। सांसद तौफिक अहमद खानले लुम्बिनीको विकासले स्थानीय समुदायलाई फाइदा पुग्नुपर्ने बताए।

पर्यटन मन्त्रालयकी सहसचिव सौभाग्य प्रधानाङ्गाले सम्मेलनबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्न मन्त्रालय र सरोकारवालाहरूबीच सहकार्य हुने प्रतिबद्धता जनाइन्। परियोजनाअन्तर्गत पूर्वाधार निर्माण गर्नुअघि गुरुयोजना, भू-उपयोग योजना र पर्यावरणीय अध्ययन गर्नुपर्ने सुझाव दिइएको छ।

त्यस्तै, मायादेवी मन्दिर र अन्य पुरातात्त्विक अवशेषहरूको संरक्षण गर्दा तिनको ऐतिहासिक र आध्यात्मिक मूल्यको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ। लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानिन राईले यो परियोजनाले लुम्बिनीको महत्त्वलाई थप उजागर गर्ने विश्वास व्यक्त गरे। युनेस्को र विश्व बैंकका प्रतिनिधिहरूले पनि परियोजना कार्यान्वयनपछि यस क्षेत्रको समग्र विकासले गति लिने बताएका छन्। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पनि यो परियोजना सहयोगी हुने अपेक्षा गरिएको छ।

2