udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भाटभटेनीको टंगाल स्टोर पुनः सञ्चालनमा

भाटभटेनीको टंगाल स्टोर पुनः सञ्चालनमा
A A+ A-

काठमाडौं। भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। आगजनीका कारण बन्द रहेको उक्त स्टोर पुनर्निर्माण सम्पन्न भएपछि नियमित सेवा सुरु गरिएको हो।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोरले अबदेखि दैनिक रूपमा सेवा प्रदान गर्नेछ। गत वर्ष भएको आगजनीबाट प्रभावित १२ मध्ये १० वटा स्टोर हाल सञ्चालनमा आइसकेका छन्। कम्पनीका अनुसार दमक र हेटौँडाका स्टोरहरूको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ र त्यहाँ संरचनागत तथा उपकरण व्यवस्थापनको काम भइरहेको छ।

आगजनीबाट ठूलो भौतिक क्षति भए पनि कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित राखेको जनाएको छ। कर्मचारीहरूलाई रोजगारीबाट नहटाई उनीहरूको भूमिकालाई निरन्तरता दिइएको र गत वर्ष भदौ २४ गतेको घटनापछि पनि दसैँको बोनस कटौती नगरिएको कम्पनीले स्पष्ट पारेको छ। यसअघि कोटेश्वरस्थित स्टोर आगजनीको पाँच महिनामै पुनः सञ्चालनमा ल्याइएको थियो।

यसैबीच, कम्पनीले काठमाडौंमा निर्माणाधीन बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ। ग्राहकलाई आधुनिक र गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले पुनः सञ्चालनमा सहयोग पुर्‍याउने कर्मचारी, ग्राहक र सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action