Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो
A A+ A-

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत साउनको तुलनामा यो २९.९ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड पुगेको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४२ हजार ६९३ जनाले नयाँ श्रम स्वीकृति र २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। सोही अवधिमा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। निर्यातमा भारत, चीन र अन्य मुलुकतर्फ क्रमशः ७१.० प्रतिशत, २८७.८ प्रतिशत र १८.१ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। यद्यपि, वस्तु तथा सेवा आयात धान्ने क्षमता भने १८.८ महिनामा झरेको छ। महँगी ५.९६ प्रतिशतले बढेको छ भने खाद्य तथा पेय पदार्थको मूल्य ६.७७ प्रतिशतले वृद्धि भएको छ। कच्चा पेट्रोलियम पदार्थको मूल्य ३६.७ प्रतिशतले बढेर प्रतिब्यारल ९२.०२ डलर पुगेको छ।

साउनमा चालु खाता ९४ अर्ब ५९ करोड र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ। यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १ करोड रुपैयाँ भित्रिएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.३ प्रतिशतले घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड कायम भएको छ भने निजी क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेर ५० खर्ब ८० अर्ब ६४ करोड पुगेको छ। वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर ६.४८ प्रतिशत र निक्षेप ब्याजदर ३.१५ प्रतिशतमा झरेको छ।

2