काठमाडौं। काठमाडौंको टेकुस्थित एक प्लास्टिक गोदाममा सोमबार साँझ आगलागी भएको छ । आगलागीको खबर प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
कालिमाटी प्रहरी वृत्तका अनुसार आगो नियन्त्रणमा लिन दुई वटा दमकलको प्रयोग गरिएको छ । हालसम्म गोदाम कसको हो र आगलागी हुनुको मुख्य कारण के हो भन्ने कुरा खुल्न सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
