Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मनास्लु आरोहणमा आरोहीको भीड

मनास्लु आरोहणमा आरोहीको भीड
A A+ A-

काठमाडौं। मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणका लागि यस वर्ष आरोहीहरूको उल्लेख्य सहभागिता देखिएको छ। पर्यटन विभागका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि ४१ वटा टोलीका ४ सय ९३ जनाले अनुमति लिएका छन्। विभागले कुल ११ वटा हिमाल आरोहणका लागि ५५ टोलीका ५ सय ७९ जनालाई अनुमति दिएकोमा मनास्लुमा सबैभन्दा बढी आरोही छन्।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख अनिल प्रसाईँका अनुसार आधार शिविरमा आरोही, शेर्पा, गाइड र भरियाको बाक्लो उपस्थिति छ। सगरमाथा आरोहणको तयारीका लागि ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पनि यस वर्ष आरोहीको संख्या बढेको स्थानीय व्यवसायी दावा नुर्वु लामाले बताए।

यद्यपि, मौसममा आएको अचानक परिवर्तनले आरोहण प्रक्रिया प्रभावित बनेको छ। स्नोइ होरिजन ट्रेक्स एण्ड एक्सपीडिसनका अध्यक्ष बोधराज भण्डारीका अनुसार सेप्टेम्बर १८ को रातदेखि भएको निरन्तर हिमपातले माथिल्लो क्षेत्रमा बाटो र क्याम्पमा जोखिम बढाएको छ। सेप्टेम्बर २४-२५ देखि थप वर्षा र हिमपातको सम्भावना रहेकाले सुरक्षाका लागि आरोहीहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

भण्डारीले भने, ‘मौसम बिग्रने डरले आरोहीहरू हतार गरिरहेका छन्। कतिपय आरोहीले आरोहण त्याग्ने मनस्थिति समेत बनाएका छन्।’ खराब मौसमका कारण आरोहण गतिविधि स्थगित गर्ने वा आरोहीलाई सुरक्षित स्थानतर्फ फर्काउने अवस्था आउन सक्ने उनले बताए। अबको आरोहण मौसममा हुने सुधार र बाटोको सुरक्षामा निर्भर रहनेछ। सन् १९५६ मा पहिलो पटक आरोहण भएको मनास्लुमा हालसम्म करिब ३ हजार जनाले पाइला टेकेका छन्।

2