udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा नेकपा सांसदलाई ब्रिफिङ

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा नेकपा सांसदलाई ब्रिफिङ
A A+ A-

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेकपाका सांसदहरूसँग सरकारको पछिल्लो अवस्था र आगामी बजेट निर्माणबारे छलफल गरेका छन्। बुधबार साँझ साढे तीन घण्टा चलेको संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्टले सरकार गठन, नीति आयोगमा नियुक्ति र बजेट तयारीका विषयमा जानकारी गराएका हुन्।

बैठकमा मुख्यमन्त्री भट्टले नौ जना सांसदले सार्वजनिक गरेको १७ बुँदे राजनीतिक दस्तावेजलाई संसदीय दलको सम्पत्तिका रूपमा ग्रहण गर्ने बताएका छन्। उनले भने, ‘सामाजिक सञ्जालमा आउनुभन्दा मलाई दिएको भए हुन्थ्यो। त्यसमा चित्त दुखाउनुपर्ने वा गलत भन्ने विषय छैन। ती बुँदाहरूलाई संसदीय दलको सम्पत्तिका रूपमा लिइनेछ।’

बजेट निर्माणका विषयमा मुख्यमन्त्री भट्टले पूर्व मुख्यमन्त्री कमलबहादुर शाहको कार्यकालमा समानुपातिक सांसदका लागि ५ करोड र प्रत्यक्ष निर्वाचित सांसदका लागि ७ करोड रुपैयाँको सिलिङ दिने व्यवस्थालाई आधार मान्ने सङ्केत गरेका छन्। यद्यपि, सत्ता गठबन्धनका अन्य दलहरूलाई पनि समेट्ने गरी छलफल भइरहेको उनले बताए।

मुख्यमन्त्री भट्टले आगामी १५ गतेभित्र बजेट ल्याउने तयारी भइरहेको जानकारी गराएका छन्। तर, विभिन्न मन्त्रालयमा सचिवको अभाव र केही मन्त्रीहरू काठमाडौंमा रहेकाले बजेट निर्माणमा केही ढिलाइ हुन सक्ने उनले बताएका थिए। उनले सबै मन्त्रालयलाई ९ गतेसम्म योजना इन्ट्री गर्न र सांसदहरूलाई ८ गतेभित्र आफ्ना योजना बुझाउन निर्देशन दिएका छन्।

बैठकमा सांसद नरेश शाहीले आफूहरूले जारी गरेको १७ बुँदे दस्तावेज सरकारलाई असहयोग गर्न नभई थप जिम्मेवार बनाउन ल्याइएको स्पष्ट पारेका छन्। बैठकमा लक्ष्मी विक, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, कैलाश चौधरी र रामेश्वर चौधरीलगायतका सांसदहरूले आफ्ना धारणा राखेका थिए।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action