काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्टसँग छुट सम्झौता गरेको छ।
यस सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौंस्थित माया मनोर बुटिक होटल, पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टमा १० देखि ३० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्ने ग्राहकका लागि एक जनाको आवास सुविधा निःशुल्क उपलब्ध हुनेछ।
यो सुविधा लिनका लागि ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड पेस गर्नुपर्नेछ अथवा बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैबीच, बैंकले अटो लोन योजना पनि सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ।
