Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाल टेलिकमद्वारा १३ स्थानमा नयाँ मोबाइल टावर सञ्चालन

नेपाल टेलिकमद्वारा १३ स्थानमा नयाँ मोबाइल टावर सञ्चालन
A A+ A-

काठमाडौं। नेपाल टेलिकमले भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी-फोरजी मोबाइल साइटहरू सञ्चालनमा ल्याएको छ।

सेवा विस्तार र गुणस्तर सुधार गर्ने उद्देश्यले ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइटहरू जडान गरिएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।

बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका-३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइटहरू सञ्चालनमा आएका छन्। त्यस्तै, चितवनको मोहनपुर, गण्डकी प्रदेशको नवलपुरस्थित पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि टेलिकमले सेवा विस्तार गरेको छ।

लुम्बिनी प्रदेशका कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ टावर जडान गरिएका छन्। कर्णाली प्रदेशतर्फ जुम्लाको कनकासुन्दरी र सुर्खेत-जुम्ला रोडमा नयाँ साइट सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेशका बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइटहरू सञ्चालनमा आएका छन्।

यी नयाँ साइटहरूको सञ्चालनसँगै सम्बन्धित क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवाको गुणस्तरमा सुधार आउने टेलिकमको विश्वास छ। दूरसञ्चार सेवा नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानहरूमा क्रमशः नयाँ साइटहरू थप्दै जाने कम्पनीको योजना रहेको छ।

2