Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

इलाममा तीन वर्षदेखि विद्युत सेवामा समस्या

इलाममा तीन वर्षदेखि विद्युत सेवामा समस्या
A A+ A-

काठमाडौं। इलाममा विगत तीन वर्षदेखि प्राकृतिक विपद्का कारण विद्युत सेवा प्रवाहमा समस्या देखिएको छ। बाढी र पहिरोले विद्युत प्रसारण लाइन र पोलमा क्षति पुर्‍याउँदा सेवा सञ्चालनमा कठिनाइ भइरहेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणका प्रमुख रेवतकुमार चौधरीका अनुसार जिल्लामा ६ हजार तीन सय काठका पोल फेर्नुपर्ने अवस्था छ। हालसम्म दुई सय पोल मात्र फेरिएका छन्। जिल्लामा पूर्ण विद्युतीकरणका लागि दुईवटा परियोजना सञ्चालनमा रहे पनि समयमा काम नसकिँदा समस्या थपिएको छ। चौधरीले जनशक्ति अभाव र आवश्यक संख्यामा पोल उपलब्ध नहुँदा थप जोखिम बढेको बताए।

जिल्लामा उच्च क्षमताका ट्रान्सफर्मरको पनि अभाव छ। माइ नगरपालिका र माइजोगमाई गाउँपालिकामा ५० केभीका ट्रान्सफर्मर जलेपछि १५ केभीका ट्रान्सफर्मरबाट काम चलाउनुपरेको छ। यसले गर्दा स्थानीय उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको छ। साथै, उपभोक्ताको मागअनुसार नयाँ विद्युत मिटरको पनि अभाव रहेको छ। एउटै फिडरबाट धेरै क्षेत्रमा विद्युत वितरण गर्नुपर्ने बाध्यता र प्रसारण लाइनको नियमित मर्मत नहुँदा उपभोक्ता लामो समय अन्धकारमा बस्नुपर्ने अवस्था छ।

इलाम नगरपालिका-९ का स्थानीय बद्री खड्काले पटक-पटकको विद्युत अवरोध र भोल्टेजमा आउने उतारचढावले विद्युतीय सामग्री बिग्रने गरेको बताए। उनले लामो समयदेखि प्रसारण लाइनमा परेका दाउरा र घाँसपात हटाउने काम नभएको गुनासो गरे।

2