Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने

फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने
A A+ A-

काठमाडौं। फ्लाई दुबईले बुधबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ। पोखरा विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक विदेशी वायुसेवाले यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न लागेको हो।

कम्पनीले दुबई-पोखरा-दुबई रुटमा दैनिक उडान गर्ने तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार दुबईबाट आएको विमान साँझ ६:१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७:१५ बजे दुबई फर्कनेछ। कम्पनीले १६० देखि १७० सिट क्षमताका एयरबस ए३१९ वा ए३२० जहाज प्रयोग गर्ने जनाएको छ।

यस सेवाले पोखरा र आसपासका यात्रुलाई अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटाउनेछ। विशेषगरी वैदेशिक रोजगारीमा जाने कामदार र पर्यटकलाई यसबाट सुविधा पुग्ने अपेक्षा गरिएको छ। दुबई ट्रान्जिटमार्फत १२० भन्दा बढी मुलुकमा कनेक्टिङ उडानको सुविधा उपलब्ध हुनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले यसले नेपालको पर्यटन प्रवर्धनमा सकारात्मक सन्देश दिने बताए। यसअघि पोखराबाट सिचुआन र हिमालयन एयरलाइन्सले चार्टर उडान मात्र गरेका थिए।

सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान आकर्षित गर्न २०८५ भदौ मसान्तसम्म विभिन्न शुल्कमा छुट दिएको छ। काठमाडौंको तुलनामा पोखरामा अवतरण, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत तथा ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट छ। यसबाट प्रतिउडान करिब ७ लाख रुपैयाँसम्मको सुविधा प्राप्त हुनेछ।

साथै, यात्रु सेवा शुल्क र पर्यटन सेवा शुल्कमा पनि छुट दिइएको छ। नेपाल आयल निगमका अनुसार पोखरामा हवाई इन्धनको मूल्य काठमाडौंको तुलनामा प्रतिकिलोलिटर ४२२ अमेरिकी डलर कम छ। यी सहुलियतले वायुसेवाको सञ्चालन लागत घट्ने र नियमित उडान विस्तार हुने अपेक्षा गरिएको छ।

2