Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पिक सिजनमा निगमका दुवै वाइडबडी ग्राउन्डेड

पिक सिजनमा निगमका दुवै वाइडबडी ग्राउन्डेड
A A+ A-

काठमाडौं। नेपाल वायुसेवा निगमका दुवै वाइडबडी जहाज प्राविधिक समस्या र मर्मत अभावका कारण ग्राउन्डेड हुँदा निगमले दैनिक करोडौँ रुपैयाँको आर्थिक क्षति बेहोरिरहेको छ।

दसैँ र तिहारको मुख्य सिजनमा जहाजहरू थन्किँदा निगमको अन्तर्राष्ट्रिय उडान तालिका भद्रगोल बनेको छ भने सयौँ यात्रु अलपत्र परेका छन्।

निगमका वरिष्ठ प्राविधिक अधिकृत देवेन्द्र पुनका अनुसार ‘अन्नपूर्ण’ नामको वाइडबडी जहाज इन्जिनमा समस्या देखिएपछि गत सोमबारदेखि जापानको नारिता विमानस्थलमा रोकिएको छ।

अर्को ‘मकालु’ नामको वाइडबडी जहाज नियमित मर्मतसम्भार (सी-चेक) का लागि गत अगस्ट ९ मा इटाली पठाइए पनि तोकिएको समयभित्र सञ्चालनमा आउन सकेको छैन। दुवै ठूला जहाज ग्राउन्डेड भएपछि निगमले दुईवटा न्यारोबडी जहाजमार्फत सीमित उडानहरू सञ्चालन गरिरहेको छ।

निगमका एक वरिष्ठ कर्मचारीका अनुसार एउटा वाइडबडी जहाजले दैनिक करिब २ करोड रुपैयाँ आम्दानी गर्ने क्षमता राख्छ। इटालीमा रहेको जहाजले मात्रै हालसम्म झन्डै ५५ करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ भने नारितामा रोकिएको जहाजका कारण थप १२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ। यी जहाजहरू थन्किँदा निगमले दर्जनौँ उडानहरू रद्द गर्नुपरेको छ।

प्राविधिक प्रवक्ता पुनले जहाजको संख्या सीमित भएकाले एउटा मात्र जहाज ग्राउन्डेड हुँदा पनि उडान तालिकामा प्रत्यक्ष असर पर्ने गरेको बताए। उनले नारितामा रोकिएको जहाज छिट्टै मर्मत सकिएर सञ्चालनमा आउने र इटालीमा रहेको जहाज पनि यसै हप्ताभित्र नेपाल आइपुग्ने जानकारी दिए। निगमले दुवै जहाज उडानमा फर्किएपछि सेवा सामान्य अवस्थामा फर्किने जनाएको छ।

2