काठमाडौं। बुधबार सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिनको कारोबारपछि नेप्से सूचक २६१८.०३ विन्दुमा झरेको छ। बजार सूचकमा गिरावट आए पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँ नाघेको छ।
बुधबारको कारोबारमा कुल २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ वटा कम्पनीको मूल्य घटेको छ। यसैगरी २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। कारोबारका क्रममा धौलागिरि लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्य कम्पनीको मूल्य ५.४४ प्रतिशतसम्मले बढेको छ। गिरावट आएका सेयरहरूमध्ये अधिकतम ८.५४ प्रतिशतसम्मको कमी देखिएको छ।
यस दिन सबै समूहगत सूचकहरूमा गिरावट आएको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टको ३८ करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँ र हिमालयन डिस्टिलरीको २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
