udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

धनकुटामा स्थानीय माछाको माग उच्च

धनकुटामा स्थानीय माछाको माग उच्च
A A+ A-

धनकुटा। जिल्लामा स्थानीय माछाको माग उच्च रहे पनि उत्पादन भने निकै न्यून देखिएको छ। मागअनुसार उत्पादन हुन नसक्दा स्थानीय बजारमा तराईका जिल्लाबाट ल्याइएको माछाको भर पर्नुपर्ने अवस्था छ।

छथर जोरपाटी गाउँपालिका-१ माक्लुङका पदम कटुवालले व्यावसायिक रूपमा माछापालन गर्दै आएको छ। उनले वार्षिक करिब ५ क्विन्टल माछा उत्पादन गर्दै आएको छ। उनका अनुसार माछाको माग अत्यधिक छ र पोखरीबाटै बिक्री हुने गरेको छ। सोही स्थानका होमकुमार लिम्बूले पनि २०७३ सालदेखि आठवटा पोखरी निर्माण गरी व्यावसायिक माछापालन गरिरहनुभएको छ। पानीको सहज उपलब्धता र बजारको समस्या नभएका कारण आफू यस पेसामा आकर्षित भएको उनी बताउँछन्।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा २६४ परिवारले १७.२ हेक्टर क्षेत्रफलमा माछापालन गरिरहेका छन्। यसबाट वार्षिक ३३.७ मेट्रिक टन उत्पादन हुँदै आएको छ। केन्द्रका सूचना अधिकारी दिनेश कार्कीका अनुसार जिल्लामा उत्पादित माछाको माग उच्च भए पनि स्थानीय उत्पादनले कुल मागको १० प्रतिशत पनि धान्न सकेको छैन।

जिल्लाको लेउती, बाख्रे, पात्ले खोला, हात्तीखर्क र चानुवा लगायतका क्षेत्रमा व्यावसायिक माछापालन हुँदै आएको छ। धनकुटामा उच्च क्षेत्रमा असला र सहर तथा तल्लो क्षेत्रमा मुङ्ग्री, रौ, कमन कार्प र ग्रास कार्प जातका माछा सफल देखिएका छन्।

यद्यपि, प्राविधिक ज्ञानको अभाव, भुराको उपलब्धतामा कठिनाइ, सिँचाइ सुविधाको कमी र वित्तीय संस्थाको लगानीमा चासो नहुँदा किसानहरू व्यावसायिक रूपमा अघि बढ्न नसकेको केन्द्रकी प्रमुख हिमाकुमारी गौतम बताउँछिन्। जिल्लामा २०६७/६८ सालदेखि व्यावसायिक माछापालन सुरु भएको हो।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action