udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अति वर्षाको पूर्वानुमानपछि कुलेखानी ड्यामको अनुगमन

अति वर्षाको पूर्वानुमानपछि कुलेखानी ड्यामको अनुगमन
A A+ A-

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि ११ गतेसम्म देशका धेरै भू-भागमा अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि मकवानपुरमा सम्भावित जोखिम न्यूनीकरणका लागि अनुगमन थालिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले इन्द्रसरोवर गाउँपालिका-१ र २ मा पर्ने कुलेखानी जलाशयको बुधबार स्थलगत अनुगमन गरेको छ।

अनुगमन टोलीमा सुरक्षा निकायका प्रमुख र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी पनि सहभागी थिए। टोलीले जलाशयको पानीको अवस्था, ड्यामको सुरक्षा र अत्यधिक वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबारे जानकारी लिएको छ। प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार हाल जलाशयमा पानीको सतह १५ सय २२ मिटर छ। जलाशयको कुल क्षमता १५ सय ३० मिटर रहेको छ। छलफलका क्रममा सतह १५ सय २७ मिटर पुगेपछि पानी निकास गर्ने प्रक्रिया सुरु गर्ने विषयमा तयारी गरिएको छ।

सन् २०२४ (२०८१ साल) असोजको दोस्रो साता भएको भारी वर्षाका कारण कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो। उक्त समयमा बाँध खोल्नुपर्ने अवस्था आउँदा इन्द्रसरोवर-३ स्थित सिस्नेरीबजारदेखि टेकरसम्मका संरचनामा क्षति पुगेको थियो। सोही अनुभवका आधारमा यसपटक पूर्वतयारी र सावधानी अपनाइएको प्रशासनले जनाएको छ।

कुलेखानी नेपालको एक मात्र जलाशययुक्त जलविद्युत् आयोजना हो। ६० मेगावाट क्षमताको यस आयोजनाको जलाशय ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको छ। जलाशय भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ। थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही र चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल क्षेत्र यस आयोजनाका जलाधार क्षेत्र हुन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action