Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवामा खोजी र पुनर्निर्माण तीव्र : सीडीओ पाण्डे

रसुवामा खोजी र पुनर्निर्माण तीव्र : सीडीओ पाण्डे
कमलप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी, रसुवा।
A A+ A-

काठमाडौं – रसुवामा विपद्पछिको खोजी, उद्धार, विस्थापितको पुनःस्थापना र भौतिक पूर्वाधार पुनर्निर्माणका काम एकसाथ अघि बढिरहेका छन्। प्रभावित क्षेत्रमा अझै पनि खोजी, परीक्षण र उत्खनन जारी छ भने शव तथा मानव अवशेषसमेत फेला परिरहेका छन्।

अस्थायी आवास तथा होल्डिङ सेन्टरमार्फत विस्थापितको व्यवस्थापन, विद्यालयलाई पुनः पठनपाठनका लागि खाली गर्ने, सडक तथा पुल निर्माण र वैकल्पिक मार्ग सञ्चालनका काम पनि अघि बढाइएको छ। स्वास्थ्यतर्फ हैजा लगायतका सरुवा रोग नियन्त्रणका लागि निगरानी र परीक्षणलाई प्राथमिकता दिइएको छ।

रसुवाको पछिल्लो अवस्था, खोजी तथा पुनःस्थापना र पुनर्निर्माणका विषयमा द बिजनेस नेपालका लागि हाम्रा सहकर्मी सृष्टि बरालले रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेसँग गरेको कुराकानी प्रस्तुत गरिएको छ।

प्रभावित क्षेत्रमा अहिले खोजी तथा उद्धारको अवस्था कस्तो छ ?

प्रभावित क्षेत्रमा खोजी, परीक्षण र उत्खननको काम निरन्तर भइरहेको छ। यस क्रममा शव तथा मानव अवशेषसमेत फेला परिरहेका छन्। सम्भावित जोखिम भएका क्षेत्रको पहिचान गर्दै आवश्यक सुरक्षा सतर्कतासहित खोजी कार्यलाई निरन्तरता दिइएको छ।

विस्थापित नागरिकको पुनःस्थापनाका लागि के काम भइरहेको छ ?

अस्थायी आवास र होल्डिङ सेन्टरमार्फत विस्थापित नागरिकको पुनःस्थापना भइरहेको छ। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कामसँगै विद्यालय भवनलाई पुनः पठनपाठन सञ्चालन गर्न खाली गर्ने काम पनि अघि बढाइएको छ। विद्यालयमा पठनपाठन प्रभावित नहोस् भन्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

भौतिक पूर्वाधारतर्फ पुनर्निर्माणको काम कहाँ पुगेको छ ?

सडक, पुल तथा झोलुङ्गे पुल निर्माणसहित पुनर्निर्माणका काम अघि बढिरहेका छन्। गोसाइँकुण्ड जोड्ने झोलुङ्गे पुलको डिजाइन तयार गर्ने काम भइरहेको छ। बेत्रावती पुलको विकल्पका रूपमा वैकल्पिक पुलहरू पनि सञ्चालनमा ल्याइएको छ। प्रभावित क्षेत्रमा आवागमन सहज बनाउने गरी आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

यातायात र वैकल्पिक मार्गको अवस्था कस्तो छ ?

नुवाकोट-सूर्यगढी वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यसको अवस्थाबारे आवश्यक तथ्यांक संकलन गर्ने काम पनि भइरहेको छ। प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्‍याउने काम हेलिकप्टर तथा सम्बन्धित वडा कार्यालयमार्फत भइरहेको छ। भौगोलिक अवस्था र सडकको पहुँचलाई ध्यानमा राखेर आवश्यकताअनुसार राहत तथा अन्य सामग्री व्यवस्थापन भइरहेको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम पनि छ। सरुवा रोग नियन्त्रणका लागि के भइरहेको छ ?

स्थानीय तह र जनस्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य परीक्षण, निगरानी र आवश्यक स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ। हैजा लगायतका सरुवा रोग फैलिन नदिन सम्भावित जोखिम भएका क्षेत्रमा स्वास्थ्य निगरानी बढाइएको छ। आवश्यकताअनुसार स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ।

अहिले रसुवाको समग्र प्राथमिकता के हो ?

अहिलेको प्राथमिकता प्रभावित क्षेत्रमा खोजी तथा उत्खननको कामलाई निरन्तरता दिने, विस्थापित नागरिकलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने र आवश्यक पूर्वाधार पुनर्निर्माणलाई गति दिने हो। त्यससँगै स्वास्थ्य जोखिम नियन्त्रण, राहत वितरण र प्रभावित नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने कामलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेका छौँ।

2