udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिलाई स्वावलम्बन कर्जा सुरु

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिलाई स्वावलम्बन कर्जा सुरु
A A+ A-

काठमाडौं। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले संयुक्त रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै ‘स्वावलम्बन कर्जा’ सुविधा सार्वजनिक गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा यो डिजिटल कर्जा सेवाको सुरुवात गरिएको हो। यस सुविधाले लामो बैंकिङ प्रक्रिया, कागजी काम र भौतिक उपस्थितिको झन्झटलाई कम गर्ने उद्देश्य राखेको छ।

योग्य व्यक्तिहरूले इसेवा एपमार्फत नै कर्जाका लागि आवेदन दिन सक्नेछन्। यो सुविधाअन्तर्गत १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। यस कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत तोकिएको छ।

कर्जा प्राप्त गर्न प्रयोगकर्ताको इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र रहेको र कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गरिरहेको हुनुपर्नेछ। साथै, तलब वा व्यवसायबाट नियमित आम्दानी हुने व्यक्तिहरू यसका लागि योग्य हुनेछन्। कर्जा स्वीकृतिको प्रक्रिया बैंकको नीति तथा सर्तअनुसार हुनेछ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले प्रविधिको प्रयोगमार्फत अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय पहुँच बढाउन यो पहल गरिएको बताए। उनले भने, ‘स्वावलम्बन कर्जा एउटा उत्पादन मात्र नभएर एउटा अवधारणाको सुरुवात हो। कुनै पनि व्यक्तिको वित्तीय पहुँच उसको शारीरिक अवस्थाका कारण सीमित हुनु हुँदैन।’

सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक आवश्यकतालाई सम्बोधन गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। उनले यस पहलले वित्तीय क्षेत्रमा नयाँ इकोसिस्टम सिर्जना गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको उपस्थिति थियो।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action