udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कृषि सामग्री कम्पनीले युरिया मल खरिदका लागि बोलपत्र आह्वान गर्‍यो

कृषि सामग्री कम्पनीले युरिया मल खरिदका लागि बोलपत्र आह्वान गर्‍यो
A A+ A-

काठमाडौं: कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले बिहीबार एक सूचना जारी गर्दै युरिया ४६-०-० मल खरिदका लागि प्रतिस्पर्धात्मक बोलपत्र खुलाएको हो। यस प्रक्रियामा विश्वभरका योग्य आपूर्तिकर्ताहरूले सहभागिता जनाउन सक्नेछन्।

बोलपत्रका सर्तअनुसार आपूर्तिकर्ताले मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै नेपालका विराटनगर, वीरगन्ज र भैरहवास्थित कम्पनीका गोदामसम्म ढुवानी गर्नुपर्नेछ। डीडीपी नेपाल आधारमा गरिने उक्त आपूर्तिमा अन्तिम गन्तव्यसम्मको बिमासमेत आपूर्तिकर्ताले नै व्यवस्था गर्नुपर्नेछ।

कम्पनीले बोलपत्र खरिदका लागि ४ लाख रुपैयाँ शुल्क तोकेको छ भने बोलपत्र जमानतका रूपमा २० हजार अमेरिकी डलर बुझाउनुपर्नेछ। यस प्रक्रियामा सहभागी हुन चाहनेका लागि अक्टोबर १६, २०२६ मा दिउँसो २ बजे कुलेश्वरस्थित प्रधान कार्यालयमा पूर्वबोलपत्र बैठक राखिएको छ।

इच्छुक र योग्य बोलपत्रदाताहरूले अक्टोबर २६, २०२६ को दिउँसो १ बजेसम्म प्रधान कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिने कम्पनीले जनाएको छ। बोलपत्र पेस गर्दा प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम प्राविधिक र वित्तीय प्रस्तावहरू छुट्टाछुट्टै सिलबन्दी गरी पेस गर्नुपर्नेछ। थप जानकारीका लागि कम्पनीको वेबसाइट वा प्रधान कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action