काठमाडौं: एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस साझेदारीले नेपालमा ग्रीन फाइनान्सिङ क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ।
सहकार्यअन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबि बैंकको वित्तीय विशेषज्ञतासँग जोडिनेछ। यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउन सकिने दिगो परियोजना र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनएमबि बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आएको छ। बैंक र इसिमोडबीचको यो साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन र वातावरणमैत्री आर्थिक विकासका लागि योगदान पुर्याउने विश्वास लिइएको छ।
