सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५४ लाख ४८ हजार २८९ रुपैयाँ सहयोग गरेको छ।
विश्वविद्यालयले बिहीबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
विश्वविद्यालयमा कार्यरत पदाधिकारी, प्राध्यापक तथा कर्मचारीबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नेपाल बैंकमा रहेको खातामा विश्वविद्यालयका तर्फबाट जम्मा गरिएको जनाइएको छ।
विश्वविद्यालयका उपकुलपति इन्जिनियर डा. राजन सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै सहयोग रकम कोषमा जम्मा गरिएको जानकारी गराएका छन्।
विश्वविद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
