काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँ घटेर ४ हजार ६ सय ३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
