udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ताप्लेजुङका पाँच स्थानीय तहको बजेट साढे दुई अर्बभन्दा बढी

ताप्लेजुङका पाँच स्थानीय तहको बजेट साढे दुई अर्बभन्दा बढी
A A+ A-

फुङ्लिङ- ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका पाँच गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो ।

बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।

गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार साढे ५८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष डा। चित्र माबोले ५८ करोड ७४ लाख ८ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

यस्तै, सोमबार आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले एकै दिन बजेट प्रस्तुत गरेका थिए । जसमा आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाखभन्दा बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको २१ औं गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको छ ।

मेरिङ्देन गाउँपालिकाले भने ५० करोड ५७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँसभा मार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

यस्तै, मैवाखोला गाउँपालिकाले ४४ करोड ७१ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँसभा मार्फत पालिका उपाध्यक्ष असली माया लिम्बूले ४४ करोड ७१ लाख १५ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र पाथिभरा याङवरक गाउँपालिकाको बजेट मङ्गलबार प्रस्तुत हुने भएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action