Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अविरल वर्षाका कारण बाटोमै रोकिए एक सय पाँच ग्यास बुलेट

अविरल वर्षाका कारण बाटोमै रोकिए एक सय पाँच ग्यास बुलेट
A A+ A-

काठमाडौं: अविरल वर्षाका कारण भारतबाट काठमाडौं उपत्यकाका लागि ल्याइएका १०५ वटा ग्यास बुलेट बाटोमै रोकिएका छन्। बुधबारदेखि परेको वर्षाका कारण सडक अवरुद्ध भएपछि ग्यास बोकेका बुलेटहरू अलपत्र परेका हुन्।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार बाटो खुल्नासाथ ती बुलेटहरू उपत्यका भित्रिने तयारी अवस्थामा छन्। ती बुलेटहरूमा करिब एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ। प्रवक्ता ठाकुरले भन्नुभयो, “एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास बाटोमै रोकिएको छ, बाटो खुल्नासाथ हिँडिहाल्ने भएकाले उपत्यकामा ग्यासको अभाव कम हुने छ।”

निगमका अनुसार ग्यास बोकेका बुलेटहरू चितवनको रामनगर, हेटौँडा र अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा रोकिएर बसेका छन्। कृष्णभिर र धादिङका विभिन्न स्थानमा गएको पहिरो पन्छाउनेबित्तिकै ढुवानी सुरु हुने निगमले जनाएको छ। एउटा ग्यास बुलेटमा १८ देखि २० टन ग्यास हुन्छ, जसबाट करिब एक हजार २५० सिलिन्डर भर्न सकिन्छ। बाटो खुलेपछि दैनिक ५० देखि ६० हजार सिलिन्डर बजारमा पठाउन सकिने निगमको भनाइ छ।

यसैबीच, भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा एक लाख १७ हजार १६८ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो परिमाण गत वर्षको सोही अवधिको तुलनामा २६ हजार मेट्रिक टनले बढी हो। गत वर्ष साउन र भदौमा नौ अर्ब ४३ करोड ४१ लाख रुपियाँ बराबरको ९१ हजार ९६३ मेट्रिक टन ग्यास आयात भएको थियो। यस वर्ष सोही अवधिमा १६ अर्ब २६ करोड रुपियाँ बराबरको ग्यास आयात भएको विभागले जनाएको छ।

2