Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘टेक एन्ड पे’ को प्रावधान सच्याउन आग्रह

‘टेक एन्ड पे’ को प्रावधान सच्याउन आग्रह
अ+ अ-

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नदीप्रवाही (रन अफ दी रिभर) जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) लेऊ र तिर (टेक एन्ड पे) मा गर्ने व्यवस्था गलत भएको सांसद र विज्ञले बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले सोमबार यस विषयमा आयोजना गरेको कार्यक्रममा उनीहरूले ऊर्जा क्षेत्रलाई बचाउन यो व्यवस्था संशोधन गरेर लेऊ वा तिर (टेक अर पे) मै गर्नुपर्ने सुझाव दिएका छन् ।

संसद्को पूर्वाधार विकास समितका सभापति दीपकबहादुर सिंहले यस्तो व्यवस्थाले ऊर्जा क्षेत्रलाई सङ्कटमा धकेल्ने बताउनुभयो । उहाँले यस्तो प्रावधान सच्याउन सर्वपक्षीय पहल आवश्यक रहेको धारणा राख्नुभयो । “स्वदेशी लगानीकर्ता र लाखभन्दा धेरै सर्वसाधारण नेपालीको सेयर लगानी भएको क्षेत्रलाई सबैको हित अनुकूल बनाउनु पर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसद उर्मिला माझी, विना लामा, निशा डाँगी दिनेशकुमार यादवलगायतले यस्तो प्रावधान प्रत्युत्पादक हुने भन्दै संशोधनका लागि पहल गरिरहेको बताउनुभएको थियो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रमा नै प्रहार गरेको धारणा राख्नुभयो । “नीतिगत पूर्वाधारको अभाव खेपिरहेको ऊर्जा क्षेत्रमा सरकार संवेदनाहीन देखिएको छ,” उहाँले भन्नुभयो ।

बजेटको बुँदा नसच्चिए एउटा पनि जलविद्युत् आयोजना निर्माण हुन नसक्ने दाबी स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले गर्नुभयो । “ऊर्जा क्षेत्रलाई सबैतिरबाट घेर्ने काम भएको छ, हामी साँच्चिकै अप्ठ्यारोमा परेकाले सबैको सहयोग अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले यो व्यवस्थाले १७ हजार ११७ मेगावाटका आयोजनाहरूको पिपिए नहुने आँकडा प्रस्तुत गर्नुभयो । उहाँले इप्पानको आन्तरिक अध्ययन अनुसार हालसम्म लगानी भइसकेको एक खर्ब नौ अर्ब रुपियाँ लगानी डुब्नुका साथै भविष्यमा अपेक्षित ३३ खर्ब १४ अर्बको लगानी पनि नहुने ठोकुवा गर्नुभयो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बजेटको यो व्यवस्थाले निर्माण क्षेत्र पनि अप्ठ्यारोमा पर्ने अवस्था देखिएको उल्लेख गर्नुभयो ।

सिमेन्ट उत्पादक सङ्घका पूर्वअध्यक्ष ध्रुव थापाले ऊर्जा उत्पादकलाई कमजोर बनाउँदा समग्र आयोजना निर्माणमा आवश्यक पर्ने सिमेन्ट उद्योग पनि कमजोर हुने औँल्याउनुभयो ।

2