Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

वीरगन्ज महानगरको तीन अर्ब २२ करोडको बजेट

वीरगन्ज महानगरको तीन अर्ब २२ करोडको बजेट
A A+ A-

वीरगञ्ज- वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

सोमबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।

चालु आर्थिक वर्षको बजेटमा करिब ३३ करोड बढाएर तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपियाँको अनुमानित बजेट ल्याईएको हो । उपप्रमुख आलमले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार (७०.२४ प्रतिशत), पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख (२८.६४%) र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख (१.१२ प्रतिशत) व्यवस्था गरिएको छ ।

बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड दुई लाख ८८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार, घरजग्गा रजिष्ट्रेशन शूल्क बापत २५ करोड र नगद मौज्दातबाट १५ करोड व्यहोरिने उपप्रमुख आलमले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाई, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा रहेको उपप्रमुख आलमले बताउनुभयो ।

नगरसभामा वीरगन्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख सिंहको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

2