Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

म्याग्दीका स्थानीयतहको बजेट तीन अर्ब १९ करोड

म्याग्दीका स्थानीयतहको बजेट तीन अर्ब १९ करोड
अ+ अ-

म्याग्दी- हिमाली जिल्ला म्याग्दीका सबै स्थानीयतहहरुले आफ्नो नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरी पारित गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहले तीन अर्ब १९ करोड ८७ लाख ३९ हजार छ सय २७ रुपियाँको बजेट प्रस्ताव गरेका छन् ।

बेनी नगरपालिका

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगर उपप्रमुख ज्योति लामिछानेले ७१ करोड ८० लाख २७ हजार बजेट सार्वजनिक गर्नुभएको छ । मङ्गलबार आयोजित १७ औँ नगर सभामा लामिछानेले चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमा सङ्घीय समानीकरण अनुदानअन्तर्गत ११ करोड ६३ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट नौ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार र सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार विनियोजन गरेको छ ।

सङ्घीय सशर्त कार्यक्रमतर्फ ३७ करोड ४२ लाख, गण्डकी प्रदेशको सशर्त विशेष अनुदानतर्फ एक करोड दुई लाख, सङ्घीय सरकारको सम्पूरक अनुदान ६५ लाख, विशेष अनुदान ६९ लाख र आन्तरिक आम्दानीतर्फ चार करोड ३३ लाख ५० हजार समावेश गरिएको छ । मालपोत रजिष्ट्रेशन बाँडफाँटतर्फ ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम पनि समेटिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनभुयो ।

मालिका गाउँपालिका

म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को गाउँसभाको १७ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले ४६ करोड दुई लाख तीन हजार बजेट प्रस्ताब गर्नुभयो । उपाध्यक्ष घर्ती मगर पुनका अनुसार, कुल बजेटमध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड सात लाख १९ हजार विनियोजन गरिएको छ ।

सङ्घीय सरकार समानीकरण अनुदान आठ करोड ८३ लाख, सरकार सशर्त अनुदान (चालु) २० करोड ६३ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट आठ करोड ७० लाख ४१ हजार, सङ्घीय सरकार सशर्त (पुँजीगत) अनुदान ६ लाख, सङ्घीय सरकार विशेष (पुँजीगत) अनुदान ८० लाख, सङ्घीय सरकार समपुरक अनुदान एक करोड १० लाख, गण्डकी सरकार समानीकरण अनुदान एक करोड सात लाख २२ हजार, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँट ८५ लाख ८९ हजार, गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार, गण्डकी सरकार समपुरक अनुदान ६० लाख, पालिकाको आन्तरिक आय–सेवा शुल्क, दस्तुर, रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम दुई करोड रुपियाँ गरी कुल ४६ करोड दुई लाख तीन हजार रुपियाँ अनुमानित आय रहेको छ ।

धवलागिरी

गाउँपालिकाको २४ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिकासँग संसारको सातौं अग्लो धौलागिरी हिमाल छ । प्रत्येक वडामा सम्भावनायुक्त पर्यटकीय स्थलहरु छन् । पर्यटन क्षेत्रको विकास र प्रवर्धन गरेर पालिकाले आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित ‘एक वडा एक पर्यटन परियोजना’ सञ्चालन गर्न खोजेको गाउँपालिकाले जनाएको छ ।

उपाध्यक्ष रेशम पुनले आगामी आर्थिक वर्षका २०८२/०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँच सय ६३ को बजेट गाउँसभाबाट पारित भएको हो । आर्थिक विकास तर्फ कृषि, पशुपंक्षी, सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख, शिक्षा र खेलकुदमा ३५ लाख, खानेपानीका लागि नेपाल स्वास्थ्य पानी कार्यक्रमसँग साझेदारीसहित ४५ लाख र सामाजिक विकास तर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ । यसैगरी, पूर्वाधार तर्फ दस करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँच सय ६३ विनियोजन गरिएको छ ।

रघुगंगा गाउँपालिका

रघुगंगा गाउँपालिकाको उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार आठसय २० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गर्नुभएको हो ।

चालु खर्चतर्फ ३७ करोड ६७ लाख ६० हजार आठ सय २० र पुँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार बजेट प्रस्ताव गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भइसकेपछि बजेट प्रस्तुत गरिएको र बजेटमाथि छलफल जारी रहेको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

मंगला गाउँपालिका

म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २० औं गाउँ सभामार्फत ४४ करोड ६१ लाख ५६ हजार चारसय ५१ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले गाउँसभामा चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार चारसय ५१ रुपियाँ र पूँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रुपियाँ बजेट प्रस्ताव गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिका

अन्नपूर्ण गाउँपालिकाको गाउँसभाको २१ औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२/०८३ का गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले कुल ६० करोड ७६ लाख दुईहजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार चारसय ३५ रुपियाँ अर्थात् ६१ दशमलव ७६ प्रतिशत र पूँजीगततर्फ २३ करोड २२ लाख ९० हजार तीन सय ५८ रुपियाँ अर्थात् ३८ दशमलव २३ प्रतिशत बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ करोड ३२ लाख, राजस्व बाँडफाँट १० करोड ५९ लाख ६१ हजार र सर्शत अनुदान २१ करोड ८२ लाख रुपियाँ रहेको छ । यसैगरी गण्डकी प्रदेशबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९६ लाख १६ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, प्रदेशको सवारी कर बाँडफाँटबाट प्राप्त हुने रकम एक करोड चारलाख ९८ हजार र आन्तरिक राजस्वतर्फ दुई करोड १२ लाख ७५ हजार रुपियाँ रहेको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

2