Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

दाङका दस स्थानीय तहले ल्याए नौ अर्बभन्दा बढि बजेट, कुन पालिकामा कति

दाङका दस स्थानीय तहले ल्याए नौ अर्बभन्दा बढि बजेट, कुन पालिकामा कति
A A+ A-

दाङ- दाङको दस स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नौ अर्बभन्दा बढि बजेट विनियोजन गरेका छन् । दुई उपमहानगरपालिका र एक नगरपालिकासहित ७ पालिकामध्ये सबैभन्दा बढि घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोडको बजेट ल्याएको छ भने सबै भन्दा कम दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख बजेट ल्याएको छ ।

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मङ्गलबार भएको नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २९ करोड २९ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

उहाँले आर्थिक वर्ष ०८२/०८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ ८३ करोड ३४ लाखमध्ये दस करोड ८३ लाख पूँजीगत र ७२ करोड ५१ लाख चालु खर्च रहेको बजेट प्रस्तुत गर्नुभयो ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तीन करोड ९२ लाख ८ हजार रुपियाँमध्ये तीन करोड ८७ लाख पूजिगत र पाँच लाख ८ हजार चालु खर्च, संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय सामानिकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा, रजिष्टेशन, बैंक मौज्दातबाट एक अर्व ४२ करोड ९२ हजार रुपियाँमध्ये ५६ करोड १९ लाख ८७ हजार चालू खर्च र ८५ करोड ८१ लाख पाँच हजार पुँजीगत खर्च रहेको छ ।

त्यसैगरी पूर्वाधार विकासतर्फ ७९ करोड ९४ लाख ५० हजार, सरसफाई, वन, वातावारण तथा विपद् व्यवस्थापनअन्तर्गत दुई करोड २९ लाख २० हजार, सामाजिक विकासतर्फ आठ करोड ३० लाख ४५ हजार, शिक्षा, युवा तथा खेलकुद आन्तरिकतर्फ ८ करोड ६९ लाख ३० हजार रुपियाँ, आर्थिक विकासअन्तर्गत छ करोड ६७ लाख ४४ हजार, खेलकुद प्रतियोगिता सन्चालनका लागि ३७ लाख ५० हजार, उज्यालो प्रशंसा कार्यक्रमका लागि १५ लाखको बजेट विनियोजन गरेका उपप्रमुख डिसीले बताउनुभयो । यस्तै उहाँले घोराहीलाई समृद्ध बनाउनका लागि सबै क्षेत्रमा बजेट विनियोजन बताउनभयो ।

यसैगरी, तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब ६ करोड ६६ लाख ९३ हजार आठ सय ५५ रुपियाँ बराबरको बजेट ल्याएको छ । उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले आगामी आर्थिक वर्षको लागि उक्त बजेट विनियोज गरेको जानकारी दिनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाको समृद्ध विकासको लागि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थय र कृषिलाई प्राथमिकता दिइएको समेत बताउनुभयो ।

दाङको दस स्थानिय तहले ल्याएको बजेट यस्तो छः
१) घोराही उपमहानगरपालिका दुई अर्ब २९ करोड २९ लाख
२) तुलसीपुर उपमहानगरपालिका दुई अर्ब ६ करोड ६६ लाख
३) लमही नगरपालिका ८८ करोड ३१ लख
४) गढवा गाउँपालिको बजेट ७८ करोड ७५ लाख ९४ हजार
५) राप्ती गाउँपालिका ६८ करोड ५९ लाख ७४ हजार
६) बगंगलाचूली गाउँपालिका ६२ करोड ६६ लाख
७) राजपुर गाउँपालिका ६० करोड २४ लाख ६५ हजार
८) बबई गाउँपालिका ५० करोड ५१ लख
९) शान्तिनगर गाउँपालिका ४८ करोड ९७ लाख
१०) दगीशरण गाउँपालिका ४५ करोड ११ लाख ४१ हजार

2